कीवर्डहरू -

क्लिन फिडका कारण केही विदेशी च्यानलहरु अवरुद्ध हुने  

क्लिन फिडका कारण केही विदेशी च्यानलहरु अवरुद्ध हुने  

शुक्रबार  राति १२ बजेपछि लागु हुन लागेको क्लिन फिडका कारण केही विदेशी च्यानल अवरुद्ध हुने भएका छन् । विदेशी ब्रोडकास्टरहरुले क्लिन फिडमा च्यानलहरु उपलब्ध नगराएकाले केही दिन विदेशी च्यानल अवरुद्ध हुने भएका हुन् ।

डिशहोम, नेट टिभी र भाया टिभीले एक सूचना जारी गर्दै सरकारले अनिवार्य रुपमा क्लिन फिड लागु गरेका कारण केही विदेशी ब्रोडकास्टरहरुले क्लिन फिड च्यानलहरु उपलब्ध गराउन नसकेका कारणले उक्त च्यानलहरु क्लिन फिडमा उपलब्ध नहुन्जेलसम्मका लागि केही दिन अवरुद्ध हुने जानकारी दिएका छन् ।

यसैक्रममा च्यानलहरुका एलसीएन (च्यानल नम्बर) र प्याकेज अनुसार च्यानलहरु थपघट तथा परिवर्तन हुन सक्ने पनि सूचनामा उल्लेख गरिएको छ ।