कीवर्डहरू -

म्युजिकल इभ सहितको उद्यमी टक सिरिज आज हुँदै, यसरी हुनुहोस् सहभागी 

म्युजिकल इभ सहितको उद्यमी टक सिरिज आज हुँदै, यसरी हुनुहोस् सहभागी 

हल्ट प्राइज आईओई र पुल्चोक क्याम्पसको नेक्स्टजेनको संयुक्त सहकार्यमा शनिबार टक सिरिज आयोजना हुँदैछ । नजिकिँदै गरेको दशैलाई लक्षित गर्दै हल्ट प्राइजले यसपटक ‘म्युजिकल इभ’ सहितको टक सिरिज गर्ने भएको हो।

टक सिरिजको यो चौंथो श्रृंखला हो । ‘फेस्टिभ टक सिरिजको’ रुपमा आयोजना हुने उक्त कार्यक्रमका दिउँसो २ बजेबाट सुरु हुनेछ ।

यो इभेन्टमा ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति, फिनिक्स एरिजोनाका स्कट मार्सल ब्राण्डोन, यल्लोस्पार्कको सहसङ्थापक अपर्ना जोशी खन्ड्वाला, चीनकी माइहोमीकी मिडिया म्यानेजर जीन्सी क्षु लगायतको विशेष उपस्थिति हुनेछ । उनीहरूले आफ्ना अनुभव सहभागीहरुसँग साट्नेछन् ।

उक्त कार्यक्रममा सेलिब्रेटी अतिथिको रुपमा सेलिब्रेटीहरू शास्वत खड्का, स्मिता दाहाल, सुरजराज खत्री, भेषराज तिमल्सिना, आयुष श्रेष्ठ, मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल, मिस नेपाल इन्टरनेशनल २०१६ वर्षा लेखि  लगायतको विशेष उपस्थिति हुनेछ ।

यस कार्यक्रममा उपस्थित उद्यमी तथा सेलिब्रेटीको एक-एक घन्टा प्यानल डिस्कसन समेत हुन गइरहेको छ । सो प्यानल डिस्कसनमा प्रश्न सोध्न सकिने छ । त्यसपछि  ‘म्युजिकल इभ’ सुरू हुनेछ ।

उक्त कार्यक्रममा वक्ताहरुले आफ्नो अनुभव आदनप्रदान गर्नेछन् । शनिबार दिउँसो २ देखि ६ बजेसम्म चल्ने उक्त कार्यक्रममा सहभागी हुन चाहनेहरुले यहाँ क्लिक गरी आफुलाई दर्ता गर्नु पर्नेछ । हल्ट प्राइजको फेसबुक पेज मार्फत पनि लाइभ हेर्न सकिनेछ ।