कीवर्डहरू -

सामसङका अध्यक्ष ली कुन हीको निधन

सामसङका अध्यक्ष ली कुन हीको निधन

फोटोः रोयटर्स


विश्वको लोकप्रिय इलेक्ट्रोनिक्स ब्राण्ड सामसङका अध्यक्ष ली कुन हीको निधन भएको छ । लीको ७८ वर्षको उमेरमा आज निधन भएको हो ।

लीको मृत्युको कारण भने खुलाइएको छैन् । सन् २०१४ मा उनलाई हार्टअट्याक भएपछि उनी हस्पिटलाइजड भएका थिए ।  उनकै नेतृत्वमा सामसङ विश्वकै ठुलो स्मार्टफोन तथा मेमोरी चिप्स उत्पादक बन्न सफल भएको थियो ।

लीले आफ्ना बुबाले सुरु गरेको सानो व्यवसायलाई विस्तार गरी ग्लोबल जायन्टको रुपमा रुपान्तरण गरे । ‘हामी उहाँको योगदान र आजसम्मको यात्राको लागि कृतज्ञ छौं’ कम्पनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।