कीवर्डहरू -

२५ हजार भन्दा बढी नेपाली गीतहरु अब ‘गीत’ एपबाट सुन्न सकिने

२५ हजार भन्दा बढी नेपाली गीतहरु अब ‘गीत’ एपबाट सुन्न सकिने

एनसेल र न्यू आईटी भेन्चरसँगको सहकार्यमा नेपाली गीत संगीतका पारखीहरूका म्युजिक नेपालले नयाँ एप ल्याएको छ । एन्ड्रोइड र आइओएस मोबाइल फोनमा चलाउन सकिने छ ।

यस एपमार्फत प्रयोगकर्ताहरूले लोकदोहोरी, आधुनिक, पप, नेपाली फिल्म, भाषा भाषी लगायत कुनै पनि विधामा अहिलेका चर्चित, लोकप्रिय गीतहरू मात्र नभई पुराना सदाबहार नेपाली गीतहरू पनि चौबीसै घण्टा सुन्न सक्नेछन् ।

त्यति मात्र नभएर आफ्नो रूचि अनुसारका गीतहरू छान्न, सूचि बनाउन र संग्रहित गर्न सकिने जनाइएको छ । यसमा २५ हजार भन्दा बढी नेपाली गीतहरु रहेका छन् । भने ११० भन्दा कस्टुमाइज प्लेलिष्टहरु रहेका छन् ।

यस एपबाट अफलाईनमा समेत गीतहरु सुन्न सकिने छ । दशैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा एक महिनासम्म निशुल्क गरिएको यस एप एनसेलका ग्राहकहरुका लागि मात्र उपलब्ध गराइएको छ ।

यस एपले नेपाली मोबाईल प्रयोगकर्ताहरूलाई पनि सङ्गीत सुन्ने नयाँ र सुखद अनुभवसँग परिचित गराउने छ ।एन्ड्रोइड फोनका लागि प्ले स्टोर र आइओएसको लागि एप स्टोर मा गएर ‘गीत’ सर्च गरी एप डाउनलोड गर्न सकिने छ ।

एनसेलका कुनै पनि ग्राहकले यो एप डाउनलोड गर्दा साथ ३० दिनको लागि निःशुल्क प्रिमियम सेवाको लाभ लिन सक्नेछन् ।

डाउनलोड गरेको एप खोलेर आफ्नो एनसेलको मोबाइल नम्बर हाल्ना साथ प्राप्त हुने पिन नम्बरलाई भेरिफाइ गरेर एक दिन, सात दिन वा ३० दिनको योजना छान्नुपर्ने हुन्छ । एप डाउनलोड गर्दा कुनै शुल्क लाग्नेछैन । तर डेटाको शुल्क भने प्रयोगकर्ताको योजना अनुसारको लाग्ने छ ।

एप प्रयोग गरेको पहिलो ३० दिन कुनै शुल्क लाग्दैन । त्यसपछि प्रति दिन तीन रुपैंयाँ, प्रति हप्ता १५ रुपैंयाँ वा प्रति महिना ५० (कर बाहेक) रुपैयाँमा असीमित सङ्गीत सुन्न सकिनेछ ।