कीवर्डहरू -

पेपालले अब बिटक्वाइन तथा अन्य क्रिप्टोकरेन्सीको कोरोबार गर्न अनुमति दिने

पेपालले अब बिटक्वाइन तथा अन्य क्रिप्टोकरेन्सीको कोरोबार गर्न अनुमति दिने

पेपालले अब बिटक्वाइन तथा अन्य क्रिप्टोकरेन्सीको कारोबार गर्न अनुमति दिने भएको छ ।  पेपालको यो घोषणासँगै प्रयोगकर्ताहरुले बिटकोइन अन्य भर्चुअल मुद्राहरु किन्न तथा बेच्न सक्नेछन् ।

त्यस्तै पेपाललाई सपोर्ट गर्ने ठाउँहरुमा भर्चुअल मुद्राको प्रयोग गरी सामानहरु किन्न पनि सक्ने छन् । अन्य क्रिप्टोकरेन्सीमा इथेरीयम, लाइटकोइन र बीटकोइन क्यास पर्दछन् ।

यो सबैलाई  सजिलै पेपालको डिजिटल वालेटमा स्टोर गर्न सकिन्छ । पेपलले यो नयाँ फिचर ल्याएर उपभोक्ताहरुलाई क्रिप्टोकरेन्सीको बारेमा बुझाउन खोजेको बताइएको छ ।

पेपालले अमेरिकामा खरिद विकल्प केही हप्तामा रोल आउट गर्ने योजना बनाएको छ भने पूरा रोलआउट अर्को वर्षको सुरूवातमा हुनेछ ।