कीवर्डहरू -

हल्ट प्राइजको सेमी फाइनल सम्पन्न

हल्ट प्राइजको सेमी फाइनल सम्पन्न

हल्ट प्राइज एट आईओई २०२०-२१ र पुल्चोक क्याम्पस विद्यार्थीको नेक्स्टजेन संस्थाको संयुक्त सहकार्यमा शनिबार उद्यमशीलता सम्बन्धी टक सिरिज आयोजना भएको छ । साथै  शनिबार नै हल्ट प्राइजको सेमी फाइल कार्यक्रम पनि सम्पन्न भएको छ ।

उद्यमी टक सिरिजको यो सातौं श्रृंखला थियो । ‘सस्टेनिङ योर विजनेस’ शीर्षकमा केन्द्रित रहेको कार्यक्रममा पूर्व मिस नेपाल तथा मिडिया पर्सनालिटी माल्भिका सुब्बा, बौद्ध भिक्षु तथा गायिका आनी छोइङ डोल्मा, मिडिया पर्सनालिटी तथा मोडल श्री पाण्डे, मिडिया पर्सनालिटी तथा पूर्व मिस टिन रोजिका पोखरेल, डिजिटल नेपाल कम्पनीका संस्थापक आदित्य राज र फिलिपिन्सबाट स्वान्टेल नेइटो उपस्थित रहेको थियो ।

कार्यक्रममा फिलिपिनी सामाजिक उद्यमी तथा बीएण्डबी सोलुसनकी सहसंस्थापक स्वान्टेल नेइटोलाई मुख्य वक्त्ताको रुपमा उपस्थित गराइएको थियो । उनले आफ्नो व्यवसाय कसरी दिगो बनाउने, बजारमा आफ्नो वस्तु तथा सेवाको उत्पादनको महत्व बढाउने र त्यसलाई स्थायीत्व कसरी गर्नेको बारेमा सिकाएकी थिइन ।

उक्त टक सिरिजमा माल्भिका सुब्बा, श्री पाण्डेको र रोजिका पोखरेल प्यानल डिस्कसनमा सहभागी भएकी थिइन । विश्व टेलिभिजन दिवस भएको कारण उनीहरूसंग धेरै टेलिभिजन र संचार माध्यमको कुरा भएको थियो ।

उनीहरूले आफ्नो काम, सक्रियता र मानवीय कर्मका बारेमा कुरा सुनाएर युवाहरुलाई परिवर्तनतर्फ अग्रसर कसरी गर्न सकिन्छ भन्ने ब्याख्या गर्नुका साथै आफ्नो सफलता र असफलता,आफ्नो कडा मेहेनत र महिला, अन्तरलैंगिकहरूको अधिकारको बारेमा बोलेकी थिइन ।

यस्तैगरी हल्ट प्राइजको सेमिफाइलमा जजको रुपमा आनी छोइङ ड्रोल्मा, इन्जिनियर आदित्य राज, अल्फा सेनोन, विजनेस कोच तथा बिजनेस स्ट्राटेजी क्रिएटर रहेका थिए । उनीहरूले प्रतिस्पर्धीहरुको आइडियालाई प्रस्तुतिकरण सुनेर शीर्ष २० टिमलाई छनौट गरेका थिए । साथै यस प्रत्योगितामा वाइल्ड कार्ड इन्ट्रीको समेत व्यवस्था छ ।

अब हल्ट हल्ट प्राइज एट आईओई २०२०-२१ को ग्राण्ड फाइनलमा प्रतिस्पर्धा हुनेछ जुन ५ डिसेम्बरमा हुन लागिरहेको छ । जसमा छनौट हुने शीर्ष ३ टिमले ‘रिजनल प्रतिस्पर्धा’ मा जान पाउने छन् ।

हल्ट प्राइज आइओई २०२१ मा सहभागी हुने प्रतिस्पर्धीहरुले विभिन्न किसिमका पुस्कार तथा गिभअवेहरु पाउन सक्ने छन् ।

विजयी टिमले नौलो रेस्टुरेन्टको तर्फबाट चार हजार बराबरको फुड भौचर पाउने छन् भने शीर्ष पाँच टिममा प्रत्येकलाई पाँच हजार बराबरको अनलिमिटेड होस्टिङ उपलब्ध गराइने छ ।

शीर्ष तीन टिमका प्रत्येक सदस्यलाई पाँचसय रुपैयाँ बराबरको एम सक्युरिटी एन्टीभाइरस एक वर्षलाई प्रदान गरिने आयोजकले बताएको छ ।

यस्तै हल्ट प्राइज आइओईका सबै सहभागीहरुले प्रतिमहिना पाँच डलर पर्ने टास्केड कोवर्किङ सफ्टवेयरको अनलिमिटेड भर्सन एक वर्षका लागि प्रयोग गर्न सक्ने छन् ।