कीवर्डहरू -

निमाएकेडेमी एपको नयाँ संस्करण उपलब्ध, यस्ता छन सुविधाहरु

निमाएकेडेमी एपको नयाँ संस्करण उपलब्ध, यस्ता छन सुविधाहरु

अनलाइन शिक्षा हाम्रो शिक्षा प्रणालीको अभिन्न अङ्गको रूपमा विकास हुँदै गईरहेको छ । यसले शिक्षा प्रणाली सहज बनाउनुका साथै विद्यार्थी, शिक्षक तथा शैक्षिक संस्था बिचको भौतिक दूरीलाई कम गर्दै ज्ञान तथा सोचको आदान-प्रदानमा सहजता दिदैं आईरहेको छ ।

विश्व बजारमा कोर्सेरा, युडेमी र खान एकेडेमीले आफ्नो वर्चश्व कायम गर्दै आएका छन् भने यस्तै अनेकौ संस्था आफ्नो छाप छाड्न तत्पर छन् ।

यसै गरी लर्निङ म्यानेजमेन्ट सिस्टम (एलएमस) बाहेक ईन्टरनेट प्रयोगकर्ताले अनलाईन शिक्षाका लागि ह्वाट्सएप, म्यासेन्जर, स्काइप र जूम जस्ता एप मार्फत विद्यार्थी तथा शिक्षक सँग जोडिन सक्छन् । तर म्यासेजिङ एपको पहुँच सिमित हुन्छ र धेरैजसो सिमित क्षेत्रफल भित्र मात्र सेवा उपलब्ध हुन्छ।

साथै विद्यालय, शिक्षक तथा विद्यार्थीहरु बिच म्यासेजिङ र एलएमएस प्रणालीबाट गरिने भर्चुअल लर्निङको औचित्यको विषयमा भिन्न मत पाउन सकिन्छ ।

कोहि यस शैक्षिक प्रणालीसँग सन्तुष्ट छन् भने अरुले यसका कमी-कमजोरी औंल्याउँदै आईरहेका छन् । तर हालको कोभिड १९ महामारीले अनलाईन शिक्षा आजको अवस्थामा नभई नहुने विषय हो भनेर देखाएको छ।

यसै  महामारीका कारणले अनलाईन शिक्षाको कार्य कुशलता, आवश्यकता र कार्य शैलीको फाईदा अझ खुलेर प्रस्तुत गर्ने मौका दिएको छ।

वर्तमानमा डिजिटल लर्निङले कोभिड १९ संक्रमण धेरै हद सम्म रोकथाम गर्न सहयोग पुर्याएको छ। तर यस शिक्षण प्रणालीलाई निरन्तरता दिन भने केहि अप्ठ्यारो हुँदै आईरहेको छ।

यही अप्ठ्यारा तथा कठिनाईको स्थायी विकल्प दिन निमा एकेडेमीले  शिक्षक र विद्यार्थी माझ ‘निमाएकेडेमी’ एप ल्याएको छ।

यस एपमा लर्निङ म्यानेजमेन्ट सिस्टम र इन्टर्‍याक्टिभ लर्निङ प्रोग्रामको सम्मिश्रण छ । यो एपमा भिडियो, थ्रिडी एनिमेसन , खेल लगायत सवाल-जवाफ जस्ता बिषयबस्तु छन् जसले विद्यार्थीलाई पढाई प्रति आकर्षित गर्दछ ।

यस एपका सम्पूर्ण बिषयबस्तु अनुभवी र कुशल शिक्षक, कम्प्युटर प्राविधिक, डिजिटल निर्माता तथा रचनात्मक समुहद्वारा तयार पारिएका छन् ।

निमाएकेडेमीमा नयाँ के छ?

निमा एकेडेमीले रचनात्मक र अन्तर्कृयात्मक बिषयबस्तुका साथमा विद्यार्थीहरुको शैक्षिक विकासमा तत्पर रहेको जनाएको छ ।

यहाँका पाठ , प्रश्न र विद्यार्थीका प्रगति जाँच्ने प्रकृया विज्ञहरुद्वारा निर्माण गरिएका छन। साथमा शीप र बौद्धिक विकाशकालागि  प्रशस्त पठन-पाठन सामग्रीहरुपनी एपमा छन्।

पाठ्यक्रम पथ-प्रदर्शक

निमाएकेडेमीमा विद्यार्थीहरुले आफ्नो शिक्षा अघि बढाउनकालागि पाठ्यक्रम उद्देश्य, निर्देशनात्मक सामाग्री, शैक्षिक मुल्याङ्कन र सारांश मुल्याङ्कन पाउन सक्छन् । यस एप विद्यार्थी र शिक्षककालागि ब्यापक पथ-प्रदर्शक हो, जस्ले पठन-पाठनमा पूर्ण मद्दत् पुर्याउने छ।

माग बमोजिम भिडियो र अन्तर्क्रियात्मक डिजिटल सामाग्री

विद्यार्थीले पूर्व रेकर्ड गरिएको प्रत्यक्ष कक्षाका भिडियो आफ्नो डिजिटल उपकरणबाट आफुलाई पायक परेको स्थान र समयमा हेर्न सकिन्छ।

यसरी विद्यार्थीले शिक्षकको उपस्थिति बिना आफ्नो उपयुक्त समयमा कक्षामा भागलिन सकिन्छ। विद्यार्थीले कक्षाका साथ-साथै शिक्षालाई प्रोत्साहन दिने रमाईला सामाग्री पनि पाउन सक्छन् ।

यसै गरी निमाएकेडेमीले व्यावहारिक शिक्षाको प्रचारका साथै रचनात्मक अन्तर्कृयालाई समेत बढावा दिने गरेको छ।

शिक्षक सशक्तिकरण

निमाएकेडेमीले मूल बिषयबस्तुका साथमा शिक्षकको बौद्धिक क्षमता विकाशमा समेत जोड दिने गरेको छ। यसले शैक्षिक संसाधनका साथ शिक्षक सशक्तिकरणमा ठूलो भुमिका खेल्ने गर्दछ ।

साथै निमाएकेडेमीका बिषयबस्तु रचनात्मक र अन्तर्क्रियात्मक हुन्छन र विज्ञ शिक्षाविद् बाट तयार गरिएको हुन्छ।

अन्तर्क्रियात्मक प्रश्नोत्तरी प्रत्येक अध्यायमा

बिषयबस्तु सहज र गहन रुपमा बुझ्नकालागि हरेक अध्यायको अन्तिममा विद्यार्थीहरुले अन्तर्क्रियात्मक प्रश्नोत्तरीमा भाग लिन सक्छन् ।

यि प्रश्नोत्तरी अन्तर्कृयात्मक हुन्छन र विद्यार्थीले आफ्नो पाठ कतिको बुझेको छन् भनेर स्वयम् मूल्याङ्कन गर्न सकिन्छ।

साथै विद्यार्थीले आफ्नो कमी-कमजोरी पत्ता लगाई भूल सुधार गर्दै अघि बढ्न मद्दत् पुर्‍याउँछ। विद्यार्थीले यस एपमा सहजताकालागि चित्त नबुझुन्जेल प्रश्नोत्तरीका माध्यमबाट पनि प्रशिक्षण गर्न सकिन्छ जसले उनीहरुको परीक्षामा मद्दत् पुर्याउने छ।

परीक्षा तयारी प्रशिक्षण

परीक्षा तनावपूर्ण हुन्छ। यस घडीमा विद्यार्थीले पढेका तथा तयार पारेका सामाग्री दिमागी तनावका कारण भुल्ने गर्छन् ।

यस्ता तनावलाई बिर्सिई परीक्षा सरल पार्नका लागि निमाएकेडेमीले विद्यार्थीहरुका लागि मोक टेष्टको परिवेश सिर्जना गरि परीक्षा तयारी प्रशिक्षण दिनुका साथै तनाव सँग जुध्ने शैली पनि सिकाउने गर्छ।

वास्तविक प्रदर्शन ट्रयाकिङ र मूल्याङ्कन

प्रश्नोत्तरी, लाइभ टेष्ट , मोक टेष्टको सहाराले विद्यार्थीले आफ्नो शैक्षिक प्रदर्शन ट्रयाकिङ र मूल्याङ्कन गर्न सकिन्छ। विद्यार्थीले विभिन्न कार्यबाट प्राप्त गरेका अंक चार्टमा समावेश हुन्छ र सोहि चार्टका आधारमा आफ्नो कमी-कमजोरी थाहा पाई भुल सुधार गर्न सकिन्छ।

निमाएकेडेमीको दोश्रो संस्करण

यस निमाएकेडेमीको तालिका अनुसार निमाएकेडेमी एपले नयाँ संस्करणमा प्रवेश गरेको छ । २०१८ मा सुरु भएको यस एपमा शुरुवातको  दिनहरुमा सिमित बिषय-बस्तु थिए।

उदाहरनकालागी, एप भित्रका पाठ्यक्रम कक्षा १ देखि ५ सम्म मात्र सिमित थिए। अबको नयाँ संस्करण भने सुदृढ हुनुको साथै थप कक्षा र स्कूल कनेक्टको सुविधा पनि छ ।

यसमा भएका अन्य सुविधाहरु

✓ कक्षा अनुसार पाठ्यक्रम वर्गीकरण

✓ UX/UI सुदृढीकरण

✓ प्रदर्शन सुदृढीकरण

✓ नोट

✓ नीमा कोईन्स

निमाएकेडेमीको बारेमा

निमा एकेडेमी निमा एजुकेसन फाउन्डेसनको अधिनमा संचालित नेपाली एड-टेक स्टार्टअप संस्थान हो । सन् २०१८ मा स्थापित यस संस्थान नेपाली शिक्षा क्षेत्रका दिग्गजहरुबाट सुरु भएको हो।

नेपाली शिक्षा जगतमा निमा एजुकेसन फाउन्डेसनको ३० बर्ष लामो अनुभव छ। यहाँ शिक्षा विशेषज्ञको साथ-साथै अनुभवी सफ्टवेर प्राविधिक, डिजिटल निर्माण समूह र रचनात्मक व्यक्तित्वबाट निमाएकेडेमीको पाठ्यक्रम विकास गरिने गर्छ । साथै निमाएकेडेमीको सम्पूर्ण प्राविधिक कार्य ब्रेनडिजिट नामक आइटी कम्पनीले गर्दैं आएको छ ।

निमा एकेडेमीको एन्ड्रोइड मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् भने आइओएसको लागि एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।