कीवर्डहरू -

बिना बिल र कागजातका ८५ थान मोबाइलसहित एक पक्राउ

बिना बिल र कागजातका ८५ थान मोबाइलसहित एक पक्राउ

काठमाडौंमा बिना बिल र कागजातका ८५ थान मोबाइलसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२२ पाकोस्थित आई क्यान्डी मोबाइल पसलका साहु समिर प्रधान रहेका छन् ।

अवैध तथा चोरी गरी ल्याइएका मोबाइल बिक्री भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उक्त पसल तलासी गर्दा ती मोबाइल फेला पारी प्रधानलाई पक्राउ गरेको हो ।