कीवर्डहरू -

व्यवसायिक योजना निर्माणका लागि सजिलो एप बिज सूत्र

व्यवसायिक योजना निर्माणका लागि सजिलो एप बिज सूत्र

नेपालको सन्दर्भमा साना तथा मझौला उद्यमीहरुले लक्ष्य अनुसारको सफल व्यवसाय संचालन गर्नकालागि धेरै खालका समस्याहरु भोगीरहेका छन् जसमध्ये व्यवहारिक र प्रभावकारी व्यवसायिक योजना निर्माण नहुनु पनि एक महत्वपुर्ण समस्याको रुपमा रहेको छ ।

व्यवसायिक योजना निर्माणका लागि श्रोत साधनको अभाव तथा सूचनाको कमी, समय वढि लाग्ने, बैंक तथा वित्तिय संस्थाहरुले तोकेको ढाँचामा व्यावसायीक योजना तयार गर्न नसक्दा धेरैजसो व्यवसायीहरुले लगानी अनुरुपको प्रतिफल प्राप्त गर्न सकेका छैनन्, साथै सरकारले प्रावधान गरेका विभिन्न सेवा तथा सुविधाबाट पनि बन्चित छन् ।

व्यवसायीका यीनै समस्या तथा आवश्यकताहरुलाई मध्यनजर गरि निड्स नेपाल प्रालिले डिजिटल प्रविधिमार्फत छिटो छरितोरुपमा व्यवसायिक योजना निर्माण गर्न बिज सूत्र नामक मोबाइल एप तयार गरी बजारमा ल्याएको छ ।

यो एप स्मार्ट मोबाइल फोनमा प्ले स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सकिन्छ । जसको प्रयोगगरी उद्यमको आकार हेरी आधा देखि दुई घण्टा भित्रमा व्यवसायिक योजना तुरुन्तै निर्माण गर्न सकिन्छ ।

यस मोबाईल एपको प्रयोगबाट आफुले संचालन गर्न चाहेको नयाँ व्यवसाय वा संचालन भईराखेको व्यवसायको तथ्याङ्क तथा सुचनाहरु उद्यमी स्वयंले एपमा प्रविष्ट गरि तिनै तथ्याङ्क तथा सुचनाहरुको विश्लेषणको आधारमा एप मार्फतनै विशिष्ठ ढाँचामा व्यवसायिक योजना स्वतह निर्माण हुन्छ ।

जुन योजनामा व्यवसायको व्यवस्थापकीय पक्ष, बजार योजना, वित्तिय विश्लेषण, व्यवसायको सबल पक्ष, अवसर तथा चुनौतिहरु जस्ता महत्तवपूर्ण पक्षहरु समेटिएको  छ ।

यसरी मोवाइल एपबाट प्रविष्ट गरिएका तथ्याङ्क तथा सूचनाहरुलाई निड्स नेपाल प्रालिको सर्भरमा सुरक्षित र व्यवस्थित गरिएको छ । जुन सूचनाहरुलाई भविष्यमा आवश्यकता अनुसार व्यवसायको तुलना गर्न तथा पुनरावलोकनको लागि प्रयोगमा ल्याउन सकिन्छ ।

यो मोवाइल एप नेपाली भाषामा तयार गरिएकाले प्रयोग गर्न सजिलो छ भने व्यवसायिक  योजना निर्माण गर्ने विज्ञहरुको प्रतक्ष्य संलग्नतामा तयार गरिएको एप दर्जनौ उद्यमीहरुले प्रयोग तथा परिक्षण गरि अत्यन्तै रुचाईएको र माग पनि बढ्दै गईरहेको छ ।

बिज सूत्र मोवाइल एपको प्रयोगगरि सरल र सहजरुपमा कम समय र लागतमा व्यावसायीक योजना तयार गर्न सकिन्छ जुन व्यवसायिक योजनाले बैंक तथा वित्तिय संस्थाहरुले तोकेको ढाँचालाई समेत समेटेको छ ।

अव व्यवसायिक  योजना निर्माण गर्न लामो समय लाग्ने, बढि पैसा तिर्नु पर्ने र कसले योजना बनाइदेला भन्ने झन्झटबाट मुक्त गर्न सक्ने यसको प्रयोगबाट उद्यमिहरु मात्र नभएर व्यवसायमा लगानि गर्न चाहने बैंक तथा वित्तिय सस्थाहरु, उद्यमी विकासकालागि सहयोग गर्ने विभिन्न सहयोगी संघ संस्थाहरु, परियोजना, सरकारी तथा गैर सरकारी संस्थाहरुलाई पनि लाभ पुग्ने कुरा निड्स नेपाल प्रालिका अध्यक्ष सगुन पुडासैनीले बताए ।

यसका साथै निड्स नेपाल प्रालिले साना तथा मझौला उद्यमहरुको व्यवसाय प्रवर्द्धन र विस्तारका लागि व्यवसायीहरुको क्षमता अभिवृद्धि गरी उत्पादन लागत घटाई उनीहरुको दिगो विकासमा सहयोग पुर्‍याउन उद्यम विकास सेवाहरु प्रदान गर्दै आएको छ ।

व्यवसायिक योजना निर्माण, व्यवसाय दर्ता तथा नविकरण, लेखा परिक्षण, उद्यमशिलता विकास तालिम, बजारिकरण, बैंक तथा वित्तीय संस्थाबाट वित्तीय सेवाको लागि सहजीकरण, व्यवसायको सम्भाव्यता अध्ययन, व्यवसायिक स्वास्थ्य जाँच, उद्यमको प्रत्यक्ष अवलोकन तथा परामर्श, स्थानिय सरकारको कृषि उद्यम विकास केन्द्रित योजना निर्माण, उनीहरुको उद्यमहरुको प्रस्तावना तथा व्यसवसायिक योजना निर्माण र मुल्यांकन गर्न प्रविधिक सेवाहरु पनि प्रदान गर्दछ ।

बिज सूत्र मोबाइल एपको एन्ड्रोइड संस्करण डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।