कीवर्डहरू -

दिगोको ब्रान्ड अम्बासडरमा मदनकृष्ठ श्रेष्ठ

दिगोको ब्रान्ड अम्बासडरमा मदनकृष्ठ श्रेष्ठ

दिगोले अग्रणी कलाकार मदनकृष्ण श्रेष्ठलाई आफ्नो ब्रान्ड दूत (ब्रान्ड अम्बासडर) घोषणा गरेको छ । अब श्रेष्ठ दिगो ब्रान्डका सबै रेन्जका विद्युतीय गाडीको ब्रान्ड दूतको भूमिकामा रहने छन् ।

पहिलोपटक विद्युतीय सवारी साधनको ब्रान्डलाई अनुमोदन गर्दै श्रेष्ठले भने, ‘हामीले यातायातको स्वरुप गम्भीरतापूर्वक मनन गर्न थालेको यो महत्वपूर्ण समय हो । इ–मोबिलिटीको आर्थिक र वातावरणीय फाइदा निकै ठूलो छ ।’

‘हामीले विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्दै वातावरणीय हिसाबले दिगो नेपालको मार्ग प्रशस्त गर्न सक्छौं । हामीले हाम्रो भविष्यलाई त्यसतर्फ लैजाने प्रतिबद्धता जनाउन सक्यौं भने मात्र शून्य उत्सर्जन र शून्य व्यवधानको भविष्य सम्भव छ,’ उनले भने, ‘चीरस्थायी विकास र नेपालीको सुस्वास्थ्यसँग मेल खाने अवधारणा बोकेको दिगोसँग साझेदारी गर्न पाउँदा म प्रशन्न छु ।’

श्रेष्ठसँगको सहकार्य घोषणा गर्दै दिगोका सिइओ श्री हेमन्त पुरानिकले भने ‘मदनकृष्ण श्रेष्ठसँग सहकार्य गर्न पाउँदा हामी धेरै उत्साहित छौं । उहाँ दृढ विश्वासी क्षमतावान तथा हरेक नेपालीका लागि आदर्श हुनुहुन्छ । उहाँलाई पर्दामा हेर्नु जादु जस्तै लाग्छ । उहाँ भरोसायोग्य, विश्वासिलो, अग्रणी, सरल र आत्मविश्वासले भरिएको व्यक्तित्व हुनुहुन्छ, जुन यो सहकार्यको भित्री अभिप्राय हो ।’

‘हामी नेपालका सबै सहरहरुमा आफ्नो पदचाप विस्तार गर्ने तयारीमा रहेको सन्दर्भमा सबै नेपालीलाई अपिल गर्न सक्ने मदनजीको विशिष्ट दक्षताले उहाँलाई हाम्रो ब्रान्ड प्रस्तुत गर्ने आदर्श व्यक्ति बनाएको छ,’ उनले भने, ‘हामी दुवै पृथक काम गर्नु चुनौतीपूर्ण भए पनि त्यो सम्भव छ भन्ने कुरामा विश्वास गर्छौं । दिगो परिवारमा उहाँलाई स्वागत गर्न पाउँदा हामी खुसी छौं ।’

पथप्रवर्तक योगदानका साथ नेपाली प्यासेन्जर भेहिकल उद्योगको क्रमभंग गर्न तयार रहेकोले दिगो आफ्नो क्रमिक विकासको महत्वपूर्ण चरणमा छ । आक्रामक तथा नविन बजार रणनीतिका साथ यी प्रस्तावहरु उपभोक्तामाझ पेस गर्नु पनि यस कम्पनीको लागि उत्तिकै महत्वपूर्ण विषय हो ।

कम्पनीका अनुसार फलताका लागि विश्वास’ को मान्यता बोक्ने दिगो र मदनकृष्ण श्रेष्ठका थुप्रै विशेषताहरु मिल्छन् । यो सहकार्यका साथ दिगोले नेपाली दर्शकलाई जोड्ने उत्साहपूर्ण यात्रा सुरु गरेको जनाइएको छ ।

यो साझेदारी सुरु गर्नका लागि मदनकृष्ण श्रेष्ठसँग मिलेर शून्य उत्सर्जनको लक्ष्यलाई प्रवद्र्धन गर्ने दिगो विद्युतीय सवारी साधनको अभियान सञ्चालन गर्न पाउँदा दिगो निकै उत्साहित भएको कम्पनीले जनाएको छ ।