कीवर्डहरू -

ट्रम्पको ट्वीटर अकाउन्ट सधैंको लागि बन्द

ट्रम्पको ट्वीटर अकाउन्ट सधैंको लागि बन्द

अमेरिकीका राष्ट्रपरि डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द भएको छ । ट्रम्पले थप हिंसा भड्काउने जोखिम देखेपछि ट्वीटरले ट्रम्पको अकाउन्ट स्थायी रुपमा बन्द गर्ने निर्णय लिएको हो ।

हालैमात्र ट्वीटरले अमेरिकी संसदमा हिंसा भड्काउन उक्सायपछि ट्रम्को ट्वीटर अकाउन्ट १२ घण्टासम्म लक गरिदिएको थियो । ट्वीटरले यसअघि नै नियम उल्लघंन गरे अकाउन्ट स्थायी रुपमा नै बन्द गरिदिने चेतावनी दिएको थियो ।

ट्विटरले लेखेको छ, ‘राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गरेका ट्विटहरुको समीक्षा गर्दा थप हिंसा भड्काउने जोखिम देखेपछि हामीले ट्रम्पको अकाउन्ट स्थायी रूपमै बन्द गरिदिएका छौँ  ।’