कीवर्डहरू -

इलेक्ट्रिकल भेहिकल निर्माण गर्न एप्पल र हुन्डाईले सहकार्य गर्ने

इलेक्ट्रिकल भेहिकल निर्माण गर्न एप्पल र हुन्डाईले सहकार्य गर्ने

इलेक्ट्रिकल भेहिकल निर्माण गर्न एप्पल र हुन्डाईले सहकार्य गर्ने भएका छन् । हाल यो प्रारम्भिक चरणमा रहेको र यसका लागि एप्पल र हुन्डाईबीच छलफल भइरहेको छ ।

एप्पलले विश्वका अन्य विद्युतीय कार निर्माता कम्पनीसँग पनि छलफल गरिरहेको बताइएको छ ।  एप्पल र हुन्डाईबीचको सम्भावित सम्झौताको हल्लाले हुन्डाई मोटर कम्पनीको सेयरमा सकारात्मक प्रभाव देखिन थालेको छ ।

शुक्रबार मात्रै दक्षिण कोरियाको स्टक एक्सचेञ्जमा हुन्डाईको शेयर मूल्य २० प्रतिशतले बढेको छ । एप्पलले सन् २०२४ सम्मलाई लक्षित गरी प्यासेन्जर भेहिकल उत्पादन गर्ने बताइएको छ । जसमा एप्पलको आफ्नो ब्याट्री प्रविधि प्रयोग हुन सक्छ ।