कीवर्डहरू -

फेसबुकको पोर्टल टिभी नेपालमा, यस्तो छ मूल्य तथा विशेषता

फेसबुकको पोर्टल टिभी नेपालमा, यस्तो छ मूल्य तथा विशेषता

नेपाली बजारमा फेसबुकको पोर्टल टिभी सार्वजनिक भएको छ । जेनेस सलुसनले फेसबुकको पोर्टल टिभी नेपाली बजारमा सार्वजनिक गरेको हो।

सो पोर्टल टिभीमा १२.५ मेगापिक्सेलको क्यामेरा रहेको छ ।  त्यस्तै यसमा माइक्रोफोन पनि छ जसमार्फत मेसेन्जर वा ह्वाट्सएपमा च्याट समेत गर्न सकिन्छ ।

यसमा राखिएको क्यामेरा आफै जूम हुने र घुम्ने किसिमको रहेको छ, जसले गर्दा प्रयोगकर्ता कोठामा अन्य कार्य गरिरहँदा वा घुमिरहेको बेलामा समेत क्यामेरामा कैद हुन सक्ने जनाइएको छ ।

क्यामेरा आवश्यक नभएको बेला घुमाउन वा बन्द गर्न सकिने छ । यसमा हुने सबै भिडियो कल इन्क्रिप्टेड हुने कम्पनीले जनाएको छ । यसमा म्यासेन्जर रुम मार्फत ५० जनासम्म ग्रुप कल गर्न सकिने छ ।

यसमा एलेक्सा इनबिल्ट फिचर रहेको छ जसले स्मार्ट होमलाई नियन्त्रण गर्नुका साथै तपाईंको मनपर्ने गीत सुन्न, समाचार हेर्न, मौसमको जानकारी लिन, टाइमर सेट गर्न लगायतका अन्य कार्य गर्न सहयोग पुर्‍याउँछ ।

यसमा न्वाइज क्यानसिलेसन सुविधा समेत रहेको छ । यसमा नेटफ्लिक्स र अमेजन प्राइमबाट भिडियो हर्न सकिन्छ । भने पोडकास्ट र म्युजिक पनि सुन्न सकिन्छ । नेपाली बजारमा फेसबुकको पोर्टल टिभीको मूल्य ४४ हजार रुपैयाँ तोकिएको छ ।