कीवर्डहरू -

टेस्लाको बजार मूल्य पहिलो पटक ८०० बिलियन डलर नाँघ्याे 

टेस्लाको बजार मूल्य पहिलो पटक ८०० बिलियन डलर नाँघ्याे 


टेस्लाको बजार मूल्य पहिलो पटक ८०० बिलियन डलर नाँघे्को छ । यो बिचमा टेस्लाको शेयर ५.६ प्रतिशतले बढेको छ ।

टेस्लाको  सेयर मूल्यमा वृद्धि भएसँगै कम्पनी अझै सफलता तर्फ अघि बढिरहेको बताइएको छ । टेस्लाको  सेयर मूल्यमा वृद्धि भएपछि अमेजनका मालिक जेफ बेजोसलाई उछिन्दै टेस्लाको प्रमुख कार्यकारी अधिकृत एलन मस्क संसारकै सबैभन्दा धनि व्यक्ति बन्न सफल भएका छन् ।

फोब्र्सको रिपोर्ट अनुसार विश्वकै सबैभन्दा धनाढ्य व्यक्ति भएको दिनमा उनको कुल सम्पत्ति १८९.७ अर्ब डलर बराबर थियो । विद्युतीय कार निर्माता कम्पनी टेस्लामा मस्कको २१ प्रतिशत हिस्सेदारी रहेको छ ।

यसअघि टेस्लाको बजार मूल्य ७७४ बिलियन डलर नाँघे्को थियो । १७ वर्ष पुरानो टेस्ला टोयोटा मोटर, भोल्कसवागेन र जनरल मोटर्सको प्रतिद्वन्द्वी बनिसकेको छ ।