कीवर्डहरू -

किन आवश्यकता पर्छ फाइभजी ?

किन आवश्यकता पर्छ फाइभजी ?

स्मार्टफोनका लागि फाइभजीको उपयोगितामा कसैको सायदै दूई मत होला । तर, हाम्रो घरमा उपलब्ध भएको वाईफाई हदाहुँदैु यसको आवश्यकताको बारेमा कहिल्यै सोच्नु भएको छ ? बिस्तारै वाईफाई पुरानो प्रविधिका रुपमा स्थापित हुँदैछ । भविष्यको स्मार्ट होम लागि यो अपर्याप्त हुने सम्भावना प्रबल छ ।

हो, यही अवस्थामा फाइभजीको आवश्यकता पर्छ । मोबाइलमा झैँ फाइभजी प्रविधिको आवश्यकता भविष्यको घरका लागि कसरी पर्नेछ भन्ने बारे संक्षिप्त जानकारी यहाँ प्रस्तुत गर्ने प्रयास गरिएको छ ।


आफ्नो चारैतिर हेर्नुहोस् त । स्मार्टफोन्स, ट्याब्लेट्स र कम्प्युटरका साथै सेक्युरिटी क्यामेरा, स्पीकर, टिभी, लाइटनिङ प्रणाली लगायत हामीले विशेष ध्यान नदिने वस्तुहरुमा पनि यसको आवश्यकता उत्तिकै रहेको छ । गहिरिएर ध्यान नदिएतापनि विस्तारै स्मार्ट घरहरुमा उपलब्ध हुने सहजतासँग हामी अभ्यस्त हुँदै गइरहेका छौँ ।

\"\"


समयसँंगै हरेक कुरा स्मार्ट हुँदै गइरहेका छन् ; हरेक होम अप्लायन्सेस् कनेक्टेड हुँदैछन् र तीनले एकअर्कासँग सहज समन्वय गर्दै काम गरी सहज बनाओस भन्ने हाम्रो चाहना हो । यसले वाईफाई माथि ठूलो बोझ थप्ने निश्चित छ । फलस्वरुप न्यूनतम उत्पादन कनेक्ट गर्दापनि यसको रेस्पोन्स टाइममा ढिलाई हुने सम्भावना रहन्छ । यस्तो समयमा फाइभजीको आवश्यकता अझै बढ्ने निश्चित छ ।

फाइभजी सहितको स्मार्ट होममा असिमित कनेक्शन, तिब्र गति र तत्काल प्रतिक्रिया (ईन्स्ट्यान्ट रेस्पोन्स टाइम) लगायतका सुविधा हुन्छन् । बहु उपकरणहरु एकै समयमा एकै ब्याण्डविथमा कनेक्ट हुँदा ईन्टरनेटको गतिमा समस्या हुन्छ ।

अझ ब्रोडब्याण्डको गति कम हुँदा यसले अझ तनाव दिन्छ । फाइभजीको साथमा कथाले स्वभाविकरुपमा अर्कै मोड लिने निश्चित छ । फाइभजीले मल्टि(गिगाबाइट स्पिडका साथै, बहु(संख्यक उपकरणलाई कनेक्टिभिटी प्रदान गर्ने क्षमता बोक्नुका साथै, दर्जनौँ वा सयौँ स्मार्ट उपकरणहरु स्मार्ट होममा कनेक्ट गर्ने क्षमता राख्छ ।

स्मार्टफोन, टीभी, कम्प्युटर, ट्याब्लेट लगायत तपाईँका सबै उपकरणले एकैसाथ हाई(डेफिनेशन मुभि डाउनलोड, म्यूजिक स्ट्रिम गर्ने वा ठूला अनलाईन गेम्सको मज्जा घरमा रहेका अन्य उपकरण तथा सेन्सरमा कुनै असरबिना लिन सकिन्छ । एआर÷भीआर उपकरणहरु मार्फत हामीले भविष्यमा अझ सहजरुपमा स्मार्ट होम अनुभव लिन पाउने छौँ ।

\"\"


कहिलेकाँही केही सेकेण्डले पनि जीवनमा धेरै ठूलो असर पार्न सक्छ । उदाहरणका लागि खतराको अवस्थाका बारेमा सुईँको पाउने बित्तिकै अलार्म बजि हाल्नु पर्छ र धेरै जसो आपतकालिन उपकरणहरुले हामीलाई तत्काल प्रतिक्रिया दिनुपर्छ ।

फाइभजीको लो लेटेन्सिले कनेक्टेड उपकरणहरुको प्रतिक्रियाका लागि लाग्ने समयमा कटौती गराउँछ र सूचना प्रवाहमा तिब्रता प्रदान गर्छ । फाइभजीका माध्यमबाट स्मार्ट स्पिकर्स तथा घरको सेक्युरिटी प्रणाली अझ प्रतिक्रियात्मक बन्ने निश्चित छ । तसर्थ, लो लेटेन्सि (न्यून बिलम्बता) सहजताका लागि मात्र नभई सुरक्षा र दिमागको शान्तिका लागिपनि अपरिहार्य छ ।

\"\"


पछिल्लो समयमा स्मार्ट होम्समा वाईफाई र ब्लूटूथ लगायत सञ्चार प्राटोकल्सको उपयोग हुन्थे । तर, एउटा सञ्जालमा जडान गरिएको उपकरण र अन्य सञ्जालमा रहेका उपकरण एक(अर्कासंग अन्तरक्रिया गर्न असमर्थ हुन्थे ।

यसले गर्दा एकीकृत स्मार्टहोम अनुभव उपलब्ध गराउन कठिनाइ हुने गरेको छ । यसको ठिक बिपरित फाइभजी सञ्जालमा कुनैपनि उपकरण सिधै कनेक्टेड हुन सक्छन् । साथै, समान प्रोटोकलको उपयोग गर्दै अन्य उपकरणसंग ईन्टरकनेक्टड हुँदै अन्तरक्रिया गर्ने छुट समेत प्रदान गर्छ ।

यसले गर्दा विस्तृत स्मार्ट होम ईकोसिस्टमको निर्माण गर्ने कार्यमा सहजता मिल्छ । फाइभजीले बिद्यमान तार (वायर्ड) पूर्वाधारमा निहित हुनुपर्ने बाध्यताको पनि अन्त्य गराउँछ ।

यसको माध्यमबाट विकट स्थान जहाँ ब्रोडब्याण्ड लगायतका सुविधापनि उपलब्ध छैनन् , त्यस्ता स्थानमा समेत स्मार्ट होमको अत्याधुनिक प्रविधिको अनुभव लिन सकिन्छ ।

ओप्पोको फाइभजी ईन्टरनेट अफ एक्स्पेरियन्स

\"\"

धेरैले स्मार्ट होम लाइफस्टाइल अझै टाढाको कुरा हो भन्ने सोच्न सक्छन् । तर, ओप्पोले यस्तै विभिन्न सम्भावनालाई यथार्थमा परिणत गर्ने कार्यमा सफलता हात पारिसकेको छ । केही समय अगाडी ओप्पोले रेनो फाइभजी केन्द्रित विश्वकै पहिलो फाइभजीद्वारा सञ्चालित स्मार्ट होटलको निर्माण गरिसकेको छ ।

ओप्पो फाइभजी होटल ६ महिनासम्म अष्ट्रेलियाका विभिन्न स्थानमा भ्रमण गर्दै यसका पाहुनालाई फाइभजी यूगको स्मार्ट लिभिङ अनुभव प्रदान गरिसकेको छ । फाइभजी होटलमा ओपो रेनो फाइभजी मार्फत नियन्त्रण गर्न सकिने प्रशस्त नवप्रबर्तनात्मक तथा रोचक फाइभजी स्मार्ट होम उपकरणहरु उपलब्ध गरिएको थियो ।

पाहुनाहरुले भ्वाइस कमाण्ड मार्फत नै प्रकाश तथा ब्याकग्राउण्ड म्यूजिक नियन्त्रण गर्न सक्थे । त्यसैगरी, एआर वारड्रोब मार्फत विभिन्न आउटफिट ट्राइ गर्नुका साथै, फाइभजी कनेक्टिभिटी मार्फत विना बफरिङ नेटफ्लिक्सपनि हेरेका थिए ।

ओपोको फाइभजी होटलले फाइभजी ईन्टरनेट अफ एक्स्पेरियन्स वास्तवमा कस्तो हुन्छ भन्ने अनुभव प्रदान गर्नुका साथै, भविष्यको स्मार्ट लिभिङ कस्तो हुन्छ भन्ने झल्को दिएको थियो ।

कनेक्शनको अवधारणा जग मात्र हो, जबकी एकिकरण र अभिसरण भविष्य हो भन्ने ओप्पोको विश्वास छ । ईन्टरनेट अफ एकस्पेरियन्सको यूगलाई दृष्टिगत गर्दै अत्याधुनिक तथा बिस्तृत स्मार्टहोम ईकोसिस्टम निर्माण तथा विकासका लागि ओपोले विभिन्न स्मार्ट उपकरणहरु सार्वजनिक गर्दै आइरहेको छ ।

व्यक्तिगत, घर, यात्रा तथा कार्य सेटिङका लागि हबका रुपमा सेवा उपलब्ध गराउने फाइभजी सीपीई सिरिज यसैको एक उदाहरण हो । ओपोले एयरबड्स, वाचेज्, टीभी लगायतको बृहत्त पोर्टफोलियोका साथै ओपो एआर, ग्लास जस्ता नवप्रवद्र्धतनात्मक कन्सेप्ट प्रडक्ट्सको पनि निर्माण गरिसकेको छ ।

फाइभजीलाई व्यापक अपनत्व प्राप्त हुँदै जाँदा स्मार्ट होम्स र अन्य आईओटी उपकरणहरुले निश्चितरुपमा हामीलाई हाम्रो सोचभन्दा टाढाको फ्यूचरिस्टिक अनुभव प्रदान गर्नेछ ।