कीवर्डहरू -

आईतबार क्लाउड कम्प्युटिङ सम्बन्धि वेबिनार हुँदैं, यसरी हुनुहोस् सहभागी

आईतबार क्लाउड कम्प्युटिङ सम्बन्धि वेबिनार हुँदैं, यसरी हुनुहोस् सहभागी

माउन्टटेक सोलुसनले क्लाउन कम्प्युटिङ्ग सम्बन्धि वेबिनार आयोजना गर्ने भएको छ । माउन्टटेक सोलुसनले ‘क्लाउड कम्प्युटिङ्ग विथ एडब्लुएस’ विषयमा वेबिनार आयोजना गर्ने भएको हो ।

यो वेबिनार आगामी आईतबार साँझ साढे ६ बजेदेखि साढे ८ बजेसम्म सञ्चालन हुनेछ । ‘क्लाउड कम्प्युटिङ्ग विथ एडब्लुएस’ विषयमा दिलिप योगी स्पीकरको रुपमा रहेका छन् ।

योगी सफ्टवेयर इन्जिनियतका साथै एडब्लुएस सर्टिफाइड सोलुसन आर्किटेक्ट एशोसिएट हुन् । उनी हाल वरिष्ठ सफ्टवेयर इन्जिनियरको रुपमा जेपी मोर्गानमा कार्यरत छन् । साथै उनीसँग मास्टरकार्ड, सेन्चुरीलिंक लगायतमा काम गरेको अनुभव रहेको छ ।

माउन्ट टेक सोलुसनले ‘क्लाउड कम्प्युटिङ्ग विथ एडब्लुएस’ विषयमा आयोजना गरेको वेबिनारमा तपाईं पनि सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरी फाराम भर्नुहोस् ।