कीवर्डहरू -

कुन रेष्टुरेन्टले कोभिड १९ गाइडलाइन पालना गरेको छैन् भनेर जानकारी दिदैं यल्प

कुन रेष्टुरेन्टले कोभिड १९ गाइडलाइन पालना गरेको छैन् भनेर जानकारी दिदैं यल्प

येल्प मोबाइल एपले कुन रेष्टुरेन्टले कोरोना भाइरसबाट बाँच्नको लागी स्वास्थ्य गाइडलाइनलाई प्रयोग गरेको छ की छैन भनेर जानकारी दिने भएको छ । यल्पले हालै आफ्नो एपमा कोभिड १९ सेक्सन पनि थप गरेको छ ।

यसले व्यवसायीहरुले आफ्ना क्लायन्टको सुरक्षाका लागी कसरी काम गरिरहेको छन् भने पनि जानकारी दिनेछ । यसमा प्रयोगकर्ताले आफू गएको रेष्टुरेन्टमा स्टाफले मास्क लगाएको छ की छैन अथवा सामाजिक दूरी कायम गरेको छ की छैन भनेर पनि रिपोर्ट गर्न सक्ने छन् ।

त्यसैगरी बच्चाका लागी त्यो रेष्टुरेन्ट ठीक छ की छैन भनेर पनि बताउन सकिन्छ । यसमा अरु प्रयोगकर्तालाई स्वास्थ्य सुरक्षाका बारेमा केही प्रश्न सोध्न मनलागेमा पनि सोध्न सकिन्छ ।

यसले सबैको उत्तरलाई मिलाएर एउटा उचित जवाफ पनि तयार गर्न दिन्छ । स्यानिटाइजेसनको बारेमा पनि सबै जानकारी लिन सकिन्छ । यसबाट कुनै रेष्टुरेन्टको बारेमा सबै रिभ्यू समेत लिन सकिन्छ ।

यल्पले हालै ४ हजार रिभ्यू समेत हटाए जनाएको छ । जसले कोभिड १९ रिभ्यु कन्टेन्ट गाइडलाइन उल्लघंन गरेका थिए ।