कीवर्डहरू -

एभरेष्ट बैंकले शुरू गर्‍यो अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणाली 

एभरेष्ट बैंकले शुरू गर्‍यो अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणाली 

एभरेष्ट बैंकले फोनपेसँगको प्राविधिक सहकार्यबाट महालेखा नियन्त्रक कार्यालयको साथ एकीकृत अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणाली शुरू गरेको छ ।

साथै बैंकका व्यवस्थापकहरुका अनुसार यस विद्युतिय भुक्तानी प्रणालीले ठूलो मात्रामा सेवाग्राहीलाई लाभ प्रदान गर्नेछ र हाल कोभिड १९ महामारीको समयमा कर भुक्तानी गर्न कर कार्यालयको भ्रमण गर्ने समस्या र लामो प्रक्रिया को अन्त्य गर्नेछ ।

कोभिड १९ को महामारीलाई विचार गर्दै एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र नेपाल सरकार, अर्थ मन्त्रालयका सचिव (राजस्व) रामशरण पुडासैनीको उपस्थितिमा अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणालीको डिजिटल रूपमा उद्घाटन गरिएको थियो ।

सो समरोहमा मधु कुमार मरासानी, महालेखा नियन्त्रक, नेपाल सरकार, विनोद बहादुर कुँवर, महानिर्देशक, आन्तरिक राजस्व विभाग, दिवस कुमार सापकोटा, प्रमुख प्राविधिक अधिकृतका साथै फोनपे र बैंकका वरिष्ठ अधिकारीहरु पनि उपस्थित थिए ।