कीवर्डहरू -

६००० एमएएच ब्याट्री भएकाे असुसकाे नयाँ फाेन आउँदै

६००० एमएएच ब्याट्री भएकाे असुसकाे नयाँ फाेन आउँदै

असुस आरओजी फोन फोरको टिजर सार्वजनिक भएको छ।  ताइवानमा आधारित कम्पनीले हालै वेबोमा आरओजी गेमिङ फोन फोरको आधिकारिक टिजर सार्वजनिक गरेको हो ।

टीपेस्टरले फोनमा ६००० एमएएच ब्याट्री हुने दावी गरेको छ । टीपेस्टरका अनुसार फोन डुअल सेल ब्याट्रीका साथ आउनेछ । असुस आरओजी फोन फोरमा ६० वाट वा ६५ वाट फास्ट चार्जिङ राखिने बताइएको छ । यो फोन क्वालकम स्न्यापड्रागन ८८८ अक्टा कोर प्रोसेसर सहित आउने भएको छ । यो आठ जीबी रयाम सहित आउने बताइएको छ ।

यसमा ८ जीबी ¥याम र १२८ जीबी स्टोरेज रहेको पनि टीजरमा बताइएको छ । स्क्रीनको रीजोल्यूसन १०८०X२४०० पिक्सेल रहेको छ र पिक्सेल डेन्सीटी भने ३३९ पीपीआई रहेको छ । फ्रन्ट क्यामेरा ६४ एमपीको छ र प्राइमरी क्यामेरा १३ एमपीको रहेको छ ।

यसमा डिजिटल जूम, अटो फल्यास, फेस डिटेक्सन, टच टू फोकस जस्ता फिचरहरु रहेका छन् । यसमा वाईफाई, ब्लूटूथ, जीपीएस, भोल्ट जस्ता पनि फिचर रहेका छन् ।