कीवर्डहरू -

वुमन आइकन - आइसिटी अवार्ड २०२० विजेता : प्रा. तिमिला यामी थापा

दर्जनौ राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुमा पनि आवद्ध भएर सूचना प्रविधिको क्षेत्रलाई फराकिलो बनाउन काम गरिरहनुभएका अग्रज व्यक्ति हुनुहुन्छ, तिमिला यमि थापा । 

वुमन आइकन - आइसिटी अवार्ड २०२० विजेता : प्रा. तिमिला यामी थापा

वुमन आइकन आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रमा क्रियाशील नेपाली महिलाहरूको लागि लक्षित छ । यस वर्ष थप गरिएको यस विधामा यस वर्ष २३ वटा नोमिनेशन प्राप्त भएको थियो । विभिन्न चरणको छनौटबाट सर्वोत्कृष्ट हुन सफल तथा सम्मनित व्यत्ति हुनुहुन्छ, प्रोफेसर तिमिला यामी थापा




प्रोफेसर तिमिला यामी थापा प्रविधिको क्षेत्रमा अग्रज र ख्यातीप्राप्त व्यत्तिको रुपमा चिनिनुहुन्छ । उहाँको जन्म सन् १९५१ मा काठमांडौमा भएको थियो । नेपालमा आइएस्सी सम्मको अध्ययन पश्चात उच्च शिक्षाको लागि उहाँ विदेशमा रहनुभयो । थापाले आईआईटी कानपुरबाट इलेक्ट्रोनिक ईन्जिजियरिङ् अध्ययन गर्नुभएको छ  ।
सूचना प्रविधिमा डी मन्टफोर्ट विश्वविद्यालयबाट मास्टर्स अध्ययन गर्नुभएको थापाले होल्याण्ड गएर एक वर्षको प्रणाली र सञ्चार पूर्वाधारको प्रशिक्षण पनि लिनुभएको थियो ।

थापाले स्वदेशमा प्रविधिको विस्तारको लागी थुप्रै क्षेत्रबाट कार्य गरिहनुभएको छ । उहाँको अथक प्रयासले गर्दा नेपालको इतिहासमा पहिलो पटक 'कम्प्यूटर ईन्जिनियरिङ्' प्रोग्रामलाई पाठयक्रममा समावेश गरिएको थियो । यही नै प्रविधिको विकासका लागी जग बन्न पुगेको हो । यसैगरी १९९० को दशकमा नै नेपालमा सफ्टवेयर कम्पनी सञ्चालन गरेर धेरै सरकारी, गैरसरकारी तथा कर्पोरेट अर्गनाइजेसनको काम गर्नुभएको छ ।

\"\"

उहाँको अथक प्रयासले गर्दा नेपालको इतिहासमा पहिलो चोटि कम्प्यूटर ईन्जिनियरिङ् प्रोग्रामलाई पाठयक्रममा समावेश गरिएको थियो । यही नै प्रविधिको विकासका लागी जग बन्न पुगेको हो ।


एक राष्ट्रिय स्तरको नीति नियोजकको रुपमा, उहाँले प्रधानमन्त्रीको कार्यालय अन्तर्गत आइसिटी सल्लाहकार बोर्डको सदस्यको रुपमा एक वर्ष काम गर्नुभयो् । उहाँले शैक्षिक नीति योजनाकारको हैसियतमा विश्व विद्यालय अनुदान आयोग अन्र्तगत एकेडेमिक काउन्सिल र अनुसन्धान परिषदको सदस्यको रुपमा पनि काम गर्नुभएको अनुभव छ । प्रविधि क्षेत्रसँग सम्बन्धित व्यक्ति भएकाले तीन वर्ष ईन्जिनियरिङ्ग काउन्सिलको गभर्निङ सदस्यको रुपमा पनि काम गर्नुभयो् । थापाले नेपाल दुरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोष बोर्डमा रहेर पनि तीन वर्ष सेवा गर्नुभएको छ ।


सहायक डीनको रुपमा समेत रहेर इन्जिनियरिङ शिक्षालाई व्यवस्थित गर्ने प्रयास उहाँको निरन्तर रह्यो । पोखरा विश्वविद्यालयमा बीई सफ्टव्येर इन्जिनियरिङ् , बीसीए, इन्फोर्मेशन टेक्नोलोजीका लागी चार वर्षिय पाठ्यक्रम पनि डिजाइन गर्नमा उहाको योगदान रहेको छ ।


एक शिक्षिकाको रूपमा, उहाँले ईन्जिनियरिङ् संकायमा ,सन् १९७९ देखि इन्सिटिट्युट अफ इन्जिनियरिङ्मा सन् २०१५ सम्म काम गर्नुभएको थियो । उहाँ एलेक्ट्रोनिक्स र कम्प्यूटर इन्जिनियरिङ्कको पहिलो प्रोफेसर पनि हुनुहुन्छ् । त्यो संगै उहाले सहायक डीनको रूपमा  चार वर्ष आइओइ र दस सम्बद्ध ईन्जिनियरिंग कलेजहरूलाई प्रबन्ध गर्नुभएको थियो । थापाले मन्त्रालयमा पनि पहिलो आइटी विभागको निर्माणमा योगदान पु¥याउनुभएको थियो ।

उहाँँको नेपाल दूरसञ्चार प्राधिकरणमा दिएको योगदानका कारणले आइसीटी पूर्वाधारको विकास भएको थियो । त्यसैगरी थुप्रै आइसीटीसँग सम्बन्धित प्रोजेक्टहरुको पनि सुरुवात भएको थियो । ६० जना कम्प्यूटर इन्जिनियरहरुलाई रोजगाार दिनुभएको थापाले आफ्नै कम्पनी खोल्नका लागी प्रेरित गर्नुहुन्छ ।

दर्जनौ राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुमा पनि आवद्ध भएर सूचना प्रविधिको क्षेत्रलाई फराकिलो बनाउन काम गरिरहनुभएका अग्रज व्यक्ति हुनुहुन्छ, तिमिला यमि थापा ।


थापाले सन् १९९१ मा आफ्नै सफ्टव्येर कम्पनी डिजाइनको नेपालको पनि स्थापना गर्नुभएको थियो । त्यति बेला आईटी क्षेत्रमा योग्यता भएको व्यक्तिहरु र स्रोतसाधनको अभावले कम्पनी चलाउन उहाँलाई धौधौ परेको थियो । नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, नेपाल खानेपानी कर्पाेरेसन, केयूकेएल, ज्योति ग्रुप जस्ता संस्थाहरुमा सफ्टव्येरहरु विकास गरेर प्रयोगमा ल्याउनुभयो ।


उहाँ एक समाज सुधारक पनि हुनुहुन्छ, जसले गर्दा उनी निरन्तर महिला सशक्तिकरण, बालबालिकाको शिक्षाको गुणस्तरीयताका लागी थुप्रै किसिमको कार्यक्रमहरु गरिरह्नुहुन्छ । प्राध्यापकको रुपमा रिटायर्ड जीवन बिताइरहेको भएपनि उहाँले आफ्नो लेख, रचना, रिसर्चका कामहरु छोड्नुभएको छैन । दर्जनौ राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुमा पनि आवद्ध भएर सूचना प्रविधिको क्षेत्रलाई फराकिलो बनाउन काम गरिरहनुभएका अग्रज व्यक्ति हुनुहुन्छ, तिमिला यमि थापा