कीवर्डहरू -

चार्जर बिना आइफोन १२ विक्री गरेको भन्दै एप्पललाई २० लाख जरिवाना 

चार्जर बिना आइफोन १२ विक्री गरेको भन्दै एप्पललाई २० लाख जरिवाना 

ब्राजिलले एप्पललाई चार्जर बिनाको आइफोन १२ विक्री गरेको भनेर २० लाख बढि रुपैयाँ जरिवाना तिराएको छ ।

म्याक र्युमरको रिपोर्ट अनुसार प्रोकोन एसपी भन्ने उपभोक्ता संरक्षण एजेन्सीले जरिवाना तिराएको हो ।

चार्जर नदिएर एप्पलले ब्राजिलको कन्ज्यूमर डिफेन्स कोडको विरुद्ध काम गरेको ब्राजिलको भनाइ रहेको छ । एप्पलले कार्बनडाईअक्साईडको उत्पत्ति कम गर्नका लागि यस्तो गरेको बताएको छ ।

प्रोकोन एसपीले एप्पललाई आफ्नो देशको नियम मान्नैपर्ने पनि चेतावनी दिएको छ । एप्पलले आइफोन वाटर रेसिस्टेन्ट हुने भ्रम फैलाएको भनेर पनि ब्राजिलले जरिवाना तिराएको हो ।

ब्राजिलमा आफ्नो फोन बेच्न एप्पलले जरिवाना तिर्नुपर्ने हुन्छ । ब्राजिल फोनको लागि एकदमै ठूलो बजार हो ।