कीवर्डहरू -

टेस्लाको गाडीले जासुसी गरेको चीनको आरोप

टेस्लाको गाडीले जासुसी गरेको चीनको आरोप

चीनले जासुसीको डरले टेस्लालाई सैन्य सुविधाबाट प्रतिबन्ध लगाएको छ । टेस्लाको विद्युतिय कारमा जडान भएको क्यामेराले जासुसी गर्न सक्ने डरले चीनले प्रतिबन्ध लगाएको हो।

यसले ड्राइभरहरुलाई समस्या पार्दैन तर आफ्नो गाडीलाई सैन्य परिसर भन्दा बाहिर नै पार्क गर्नुपर्ने हुन्छ । केही सरोकारवालाहरुलाई पनि सरकारले टेस्लाको गाडी प्रयोग नगर्न भनेको छ ।

जासुसले ईभी क्यामेराको ठाउँमा आफ्नै क्यामेरा प्रयोग गर्न सक्ने सरकारको डर रहेको छ ।

मोडेल वाई र मोडेल ३ मा ड्राइभर तिर फर्केको इन्टेरियर क्यामेरा पनि रहेको छ । यसले स्पष्ट नभएता पनि पछाडि भइरहेको गतिविधि रेकर्ड गर्न सक्छ ।

जसले गर्दा सरकारले प्रतिबन्ध गर्न लागेको हो । अमेरिकाले ह्वावे माथि लगाएको प्रतिबन्धले गर्दा चीनले पनि बदला लिन खोजेको पनि धेरैको अनुमान रहेको छ ।