कीवर्डहरू -

क्रिप्टोकरेन्सी व्यापार गरेको आरोपमा कोइनबेसलाई ६५ लाख बढि जरिवाना

क्रिप्टोकरेन्सी व्यापार गरेको आरोपमा कोइनबेसलाई ६५ लाख बढि जरिवाना

कोइनबेसलाई क्रिप्टोकरेन्सी व्यापार गरेको आरोपमा ६.५ मिलियन डलर अर्थात ६५ लाख बढि रुपैयाँ जरिवाना तिर्न लगाइएको छ ।

कमोडिटी फ्युचरर्स ट्रेडिङ कमीसनले यो जरिवाना तिर्न लगाएको हो । कम्पनीले सन् २०१५ देखि २०१८ सम्म बिटकोइन र लाईटकोइनको व्यवसाय गर्ने गर्दथ्यो ।

त्यो व्यवसाय गर्दा कम्पनीले व्यवसाय भन्दा बढिको डेटा सार्वजनिक गर्ने गरेको थियो ।

कोइनबेसले एउटै अकाउन्ट वा दुई तीन ओटा अकाउन्ट मार्फत व्यवसाय गरेको थियो वा थिएन त्यो भने खुलाएको छैन् ।

कम्पनीको लापरवाहीले गर्दा यो जरिवाना तिर्नुपरेको कमोडिटी फ्युचरर्स ट्रेडिङ कमीसनले बताएको छ ।