कीवर्डहरू -

वानप्लसको पहिलो स्मार्टवाच सार्वजनिक, यस्ता छन् सुविधा

वानप्लसको पहिलो स्मार्टवाच सार्वजनिक, यस्ता छन् सुविधा

वानप्लसले आफ्नो पहिलो स्मार्टवाच सार्वजनिक गरेको छ । वानप्लसकोे स्मार्टवाचमा आफ्नै कम्पनीले बनाएको ओएस प्रयोग गरिएको छ । यसको मूल्य १५९ डलर पर्ने गर्दछ ।

यसले ११० भन्दा बढि वर्कआउट मोडहरु प्रदान गर्नेछ । त्योसँगै यो स्मार्टवाचमा फोनको मेसेज र नोटिफिकेसन पनि हेर्न सकिन्छ ।

यसमा कम्पनीले वार्प चार्ज प्रविधिको प्रयोग गरिरहको छ । यो घडी धेरै प्रयोग नगरेमा चार्ज दुई हप्ता सम्म टिक्ने र धेरै प्रयोग गरेमा पनि एक हप्ता सम्म चार्ज टिक्ने कम्पनीले जनाएको छ ।

यो २० मिनेटमानै फूल चार्ज हुन सक्छ । यो एक फिटनेस वाच पनि हो । यसले मौसम बताउन, कल उठाउन, रगतमा अक्सिजन स्याचुरेसन हेर्न मिल्ने जस्ता सुविधाहरु दिने गर्दछ ।

यसले फोनकै प्रयोग नगरेरै जीपीएस ट्रयाकिङको प्रयोग गर्न पनि दिन्छ । त्यस्तै मुटुको धडकनको दर बढेमा पनि यसले जानकारी दिने गर्छ । वाचले कुदेको वा जगिङ गरेको डिटेक्ट पनि गर्छ ।

यसले वानप्लसको एन्ड्रोइडमा आउन लागेको एक हेल्थ एपसँग पनि सिङ्क गर्नेछ । स्मार्टवाच गोलाकारको छ र यसमा १.३९ इन्चको एएमओएलईडी स्क्रीन रहेको छ। यो घडी अप्रिल १९ देखि विक्रीका लागि आधिकारिक साइटमा उपलब्ध हुनेछ।