कीवर्डहरू -

दृष्टिविहिनका लागि अन्वेषकले बनाए ब्याकप्याक, आफ्नो वरिपरिको जानकारी लिन सकिने

दृष्टिविहिनका लागि अन्वेषकले बनाए ब्याकप्याक, आफ्नो वरिपरिको जानकारी लिन सकिने

जर्जिया विश्वविद्यालयका अन्वेषकहरुले दृष्टिविहिनहरुका लागि एआई ब्याकप्याक बनाएका छन् । यसले प्रयोगकर्ताहरुलाई सजिलै आफ्नो वरिपरिको बारेमा जानकारी लिन दिनेछ ।

यसमा लुक्सोनिस ओएके डी स्पाटियल क्यामेरा प्रयोग गरिएको हुन्छ । ब्याकप्याकमा एआई प्रोसेसर पनि राखिएको छ ।

यसले इन्टेलको मोभिडियस इमेज प्रोसेसिङ टेकको प्रयोग गर्ने गर्छ । यसमा फोरके क्यामेरा पनि छ जसले कलर इमेज खिच्ने गर्छ । ब्याकप्याकले इन्टेलको ओपनभीनो टुलकिट प्रयोग गरेको छ जुन आठ घण्टासम्म चल्ने गर्दछ ।

त्यस्तै यसमा जीपीएस यूनिट पनि प्रयोग गरिएको छ । यसले प्रयोगकर्तालाई बाटोमा भएको कुनै बाधा–अडचनलाई पनि आवाजको माध्यमले सावधान गराउने छ । यो उपकरणले ट्राफिक लाईटमा स्टप साइनको पनि जानकरी गराउन सक्ने जनाइएको छ ।

यसमा ब्लुटूथ ईयरपीस पनि जडान गरिएको छ जसको मद्दतले प्रणालीलाई बोलेरै नियन्त्रण गर्न सकिन्छ । तर यसलाई प्रयोग गर्न सबैतिर ब्याकप्याक बोकिरहनुपर्छ।