कीवर्डहरू -

ग्यालेक्सी प्रडक्टहरु ड्रोन मार्फत डेलिभर गर्दै सामसङ

ग्यालेक्सी प्रडक्टहरु ड्रोन मार्फत डेलिभर गर्दै सामसङ

सामसङले आयरल्याण्डमा ग्यालेक्सी प्रडक्टहरु डेलिभर गर्न ड्रोन प्रयोग गर्ने भएको छ । यसमा डेलिभरी प्रक्रिया पनि छिटो हुन्छ ।

यसका लागि सामसङले मान्ना नामक ड्रोन कम्पनीसँग सहकार्य गरेको छ । यो डेलिभरीमा ग्यालेक्सी अल्ट्रा, ग्यालेक्सी बड्स प्रो, ग्यालेक्सी ट्याब एस सेभेन, ग्यालेक्सी वाच ३ र ग्यालेक्सी ए सिरिज पर्ने गर्दछन् ।

त्योसँगै अर्डरहरु सामसङको आइरिस वेबसाइटबाटै गर्नुपर्ने हुन्छ । यो अप्सन अहिले ओरानमोर शहरमा मात्रै उपलब्ध रहेको छ ।

मान्ना ड्रोन १६४ देखि २६२ फिट सम्म उड्ने गर्छ र यसको उच्चतम स्पीड ६० किलिमिटर प्रति घण्टा रहेको छ ।

उक्त ड्रोनलाई डिस्प्याच सेन्टरबाट ग्राहकसम्म पुग्न तीन मिनेट लाग्ने जनाइएको छ। यो सेवालाई विस्तारै देश भर उपलब्ध गराउने सामसङको लक्ष्य रहको छ ।