कीवर्डहरू -

पंकचर हुन नदिन स्मार्टको  साइकलमा नासाको प्रविधि प्रयोग

पंकचर हुन नदिन स्मार्टको  साइकलमा नासाको प्रविधि प्रयोग

स्मार्ट टायर कम्पनीको एयरलेस बाइक टायर पंकचर हुन नदिनलाई नासाको प्रविधि प्रयोग गरिएको छ । यो भन्दा पहिले पनि नासाको प्रविधि फोम म्याट्रेस देखि स्मार्टफोन र डिजिटल क्यामेरा इमेज सेन्सरहरुमा प्रयोग गरिएको थियो ।

यो टायर एमईटीएल बाइसाईकलको टायरमा प्रयोग गरिने छ । स्मार्टले बनाएको टायर टाइटेनियम जस्तै एकदमै इलास्टिक रहेको छ जसले गर्दा यसलाई जस्तो बाटोमा चलाउँदा पनि टायर फ्लाट हुँदैन् ।

यो एक वातावरण मैत्री आविष्कार पनि हो । पंकचर हुन नदिन नासाले यसलाई जस्तो पनि टेरेनमा चल्न सक्ने गरि प्रविधि निर्माण गरेको छ ।

यसलाई जस्तो बाटोमा कुदाए पनि यो आफ्नै आकारमा फर्किएर आउन सक्छ । यो साइकल अर्काे वर्षको सुरुवाततिर आउने बताइएको छ ।