कीवर्डहरू -

रेडमी नोट १० मोबाइल नेपालमा, कति होला मूल्य ?

रेडमी नोट १० मोबाइल नेपालमा, कति होला मूल्य ?

साओमीले आफ्नो रेडमी नोट १० फोन नेपालमा सार्वजनिक गरेको छ । ४८ मेगापिक्सेल क्यामेरा, ६० हर्ज एमोलेड डिस्प्ले, क्वालकम स्न्यापड्रयागन ६७८ प्रोसेसरका साथ रेडमी नोट १० नेपालमा सार्वजनिक गरिएको हो ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले पहिलो रेडमी नोटको शुरु भएदेखि नै नोट श्रृंखलाले आफ्नो श्रेणीमा केही उच्च मापदण्ड राख्दै आएको बताए ।

उनले भने, ‘हाम्रा उपकरणहरु मध्ये प्रिमिएम मूल्य क्षेत्रमा डि–फयाक्टो विकल्पको रुपमा परिणत भएका छन् । रेडमी नोट श्रृंखलाको हाम्रो १०औं जेनेरेसनको लन्चका साथ हामी टेक्नोलोजीको हरेक अंश जस्तै क्यामेरा, डिस्प्ले र प्रदर्शनलाई लिएर यस भागमा एक सुपरचाज्र्ड उपकरणलाई जोडेर परिवर्तन ल्याउँदैछौैं ।’

रेडमी नोट १० सबै इभोल डिजाइनको साथ उपलब्ध रहेको छ । यसमा इमर्सिभ ध्वनि अनुभवका लागि हाई–रेस प्रमाणित स्टेरियो स्पिकरहरू र राम्रो अनि स्मुथ हेप्टिक्सको लागि जेड्–एक्सिस भाइबे्रसन मोटर पनि रहेको छ । उपकरणलाई आकस्मिक झर्नबाट जोगाउन कोर्निङ गोरिल्ला ग्लास थ्रीद्वारा सुरक्षित गरिएको छ ।

सुरक्षित अनलकको लागि उपकरणमा साइड–माउन्टेट फिङ्गरप्रिन्ट स्क्यानरको सुविधा छ । यसमा आईआर ब्लास्टर र ३.५ एमएम ज्याक पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

रेडमी नोट १० पहिलो स्मार्टफोन हो जसले क्वालकम स्न्यापड्रागन टीएम ६७८ प्रोसेसर ल्याएको छ । जसले अधिक क्षमताको साथ द्रूतगति प्रदान गर्ने कम्पनीले जनाएको छ ।

उपकरणले स्न्यापड्रयागन एड्रेनो ६१२ ग्राफिक्स रहेको छ । फोन ६४ जीबी १२८ जीबी स्टोरेज तथा ४ जीबी र  ६ जीबी र्‍यामको साथ नेपाली बजारमा उपलब्ध रहेको छ ।

रेडमी नोट १० मा ४८ मेगापिक्सेलको सोनी आईएमएक्स ५८२ सेन्सरको साथ आउँछ जसलाई क्वाड क्यामेरा सेटअपका साथ मिलाइन्छ र जसले गर्दा कम प्रकाश अवस्थाहरुमा सुटिङ गर्दा राम्रो परिणाम प्रदान गर्दछ ।

४८ एमपी सेन्सर एक ८ एमपी अल्ट्रा–वाइड एन्गल लेन्स, एक टु एमपी गहिराई भएको  सेन्सर र एक टु एमपी म्याक्रो सेन्सरका साथ जोडिएको छ । जसले प्रयोगकर्ताहरुलाई म्याक्रो फोटोग्राफीका लागि मद्दत पुर्‍याउँछ ।

फोनमा १३ मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ । ५००० एमएएच ब्याट्री र ३३ वाट चार्जर–इन–बक्सको साथमा रेडमी नोट १० शून्य देखि ६७ प्रतिशतसम्म ३० मिनेटमै चार्ज हुन्छ ।

४ जीबी र्याम र ६४ जीबी स्टोरेज भएको रेडमी नोट १० को ंमूल्य २१ हजार ९९९ रूपैयाँ रहेको छ । त्यस्तै ४ जीबी र्‍याम र १२८ जीबी स्टोरेजको भएको फोनको मूल्य २२ हजार ९९९ रूपैयाँ तोकिएको छ भने ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज रहेको रेडमी नोट १० को मूल्य २४ हजार ९९९ रूपैयाँ रहेको छ ।