कीवर्डहरू -

बैंक अफ काठमाण्डूले ल्यायो प्रिपेड डलर कार्ड

बैंक अफ काठमाण्डूले ल्यायो प्रिपेड डलर कार्ड

बैंक अफ काठमाण्डूले अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि बीओके इकम युएसडी प्रिपेड कार्ड सुचारु गरेको छ ।

यस सुविधा अन्तर्गत बैंक अफ काठमाण्डूका खातावाल ग्राहकहरुले प्रति वर्षमा पाँच सय अमेरिकी डलर सम्मको प्रिपेड कार्ड सुविधा प्राप्त गर्न सक्नेछन् ।

यो सेवा भारतबाहेक अन्य देशहरुको ई–कमर्स साइटहरुबाट एक पटक वा पटक पटक गरि पाँच सय अमोरिकी डलर सम्मको वस्तु वा सेवा अन्लाइन भुक्तानी गर्न सक्नेछन् ।

बैंक अफ काठमाण्डूले हाल ९० शाखा, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाटसुविधा प्रदान गर्दै आईरहेको छ ।