कीवर्डहरू -

५३ करोड फेसबुक प्रयोगकर्ताहरुको डेटा लिक, फोन नम्बर, जन्म मिति, ईमेल एड्रेस र ठेगाना समावेश

५३ करोड फेसबुक प्रयोगकर्ताहरुको डेटा लिक, फोन नम्बर, जन्म मिति, ईमेल एड्रेस र ठेगाना समावेश

५३ करोड फेसबुक प्रयोगकर्ताहरुको डेटा सार्वजनिक भएको छ ।

बिजनेस इन्साइडरको अनुसार ह्याकरहरुले जनवरी देखि धेरै मात्रामा निजी जानकारीहरु एक अर्कासँग सेयर गरिरहेका थिए तर अब भने त्यस्ता जानकारीहरु बाहिरिएका छन् ।

ह्याकरहरुले पुरै डेटासेटनै सार्वजनिक गरिदिएका छन् । सार्वजनिक भएको डेटामा फोन नम्बर, जन्म मिति, ईमेल एड्रेस र ठेगाना रहेका छन् ।

यसमा ३२ मिलियन प्रयोगकर्ताहरु अमेरिकाका रहेका छन् । त्यस्तै ११ मिलियन बेलायतका र ६ मिलियन भारतका रहेका छन् ।

यसमा फेसबुकले बग फिक्स गरेको भन्दा पहिलेका जानकारीहरु रहेका थिए । फसबुकले अब यस्तो कुरा आगामी दिनमा नहुने पनि जनाएको छ ।

फेसबकले आक्रमण भएको प्रयोगकर्ताहरुलाई यसको बारेमा जानकारी गराउने भएको छ ।