कीवर्डहरू -

साथीमार्टले फ्रेन्चाइज आवेदन खोल्यो, यसरी दिनुहोस् आवेदन

साथीमार्टले फ्रेन्चाइज आवेदन खोल्यो, यसरी दिनुहोस् आवेदन

नेपालमै पहिलो पटक ‘ओ टु ओ’ कर्मश (अनलाइन टु अफलाइन) साथीमार्टले अबदेखि रोयल्टी नलिने भएको छ । नेपालकै सबैभन्दा धेरै र नेपालभर शाखा सञ्जाल भएको साथीमार्टले यसअघि बजार विस्तार गर्नको लागि लिदै आएको २ प्रतिशत रोयल्टी नलिने घोषणा गरेको हो ।

कुनैपनि वस्तुको बिक्री तथा व्यापार वृद्धी गर्नमा केन्द्रीत हुनुका लागि यसअघि लिईदै आएको २ प्रतिशत रोयल्टी नलिने कम्पनीका सिइओ सागर पोखरेलले जानकारी दिए ।

मार्टले हाल सिमित अवधिको लागि फ्रेन्चाइज शुल्क समेत नलिने पोखरेलले बताए । यो सँगै अझ रफतारमा बजार विस्तार गर्न तथा स्टोरलाई सामान उपलब्ध गराउन ग्राहकलाई ३० प्रतिशत सम्म छुट दिन सहज हुने कम्पनीले जनाएको छ ।

साथीमार्टको हाल ७० वटा आउटलेटहरु सञ्चालनमा रहेका छन् भने करिब चार सय जनाले प्रत्यक्ष र ६ सय भन्दा बढीले अप्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

कम्पनीले साथी प्रडक्शन मार्फत अचार, ड्राइफुड, चिया, कफि, दाल चामल, ध्यु गुन्द्धक जस्ता  नेपाली अर्गानिक वस्तुहरु तथा कस्मेटिक सामान, साबुन र सरफ लगायत २ सय भन्दा बढी उत्पादन गरी आफनै आउटलेटबाट र आउटलेटलाई नै डिस्टिब्युटर बनाई होलसेलमा विक्रि गर्ने योजना समेत कम्पनीले बनाएको पोख्रेलले बताए।

छिट्टै अनलाइन सपिङमार्फत मार्टले स्टोरबाट दिनभरी नै होम डेलिभरी सुविधा दिने र ब्रान्डीङ, विज्ञापन तथा उपहार योजना व्यापक गर्ने समेत तयारी समेत गरेको छ ।

साथीमार्टले युनिलिभर, डाबर, पिएनजि, जिलेट, ओले, हुइस्पर, ब्रीटानिया, केलोक्स, हरलिक्स, सेन्सोडाइन तथा अन्य ३० भन्दा बढी वस्तुहरुको आधिकारिक डिस्ट्रीबयुटरसीप समेत बनेको छ ।

यस्तै मार्टले केही सिमित अवधिको लागि आक्रमक रुपमा बजार विस्तारको लागि पुराना मार्टसँग मर्जर तथा नयाँ शाखा खोली काठमाण्डौंमा २०० को संख्या पुर्‍याउने लक्ष्य समेत राखेको छ ।

सबै म्यानुअल तथा उच्च प्रविधिबाट सञ्चालन हुने तथा दशौं बर्ष रिटेलमा अनुभवि व्यक्तिहरुबाट सपोर्ट हुनाले अर्काले खोले भन्दा आधा लगानीमा ब्रान्डेड मार्ट पाइनेछ ।

फ्रेन्चाइज पार्टनर बन्नको लागि उपभोक्ताले साथीमार्टको अफिसियल वेबसाइट (saathimart.com) वा ९८८०१२३१२३ मार्फत आवेदन दिन सक्ने बताइएको छ।

दशौं लाख मेम्बरसीप ग्राहक बनाउने योजनामा रहेको मार्टले देशैभरीका साथीमार्टका आउटलेटबाट विशेष छुट तथा मेम्बरसिप योजना र देश विदेश भ्रमण प्याकेज लिएर आएको कम्पनीले जनाएको छ ।