कीवर्डहरू -

रोबोटलाई लुकेको चिज खोज्न रेडियो वेबको प्रयोग 

रोबोटलाई लुकेको चिज खोज्न रेडियो वेबको प्रयोग 

एमआईटीका अन्वेषकहरुले रोबोटहरुलाई लुकेको चिज खोज्न रेडियो वेबको प्रयोग गरेका छन् । यसको नाम आरएफ ग्रास्प रहेको छ ।

यो उपकरणले नहेरेर विभिन्न कुराहरु भेटाउन सक्नेछ। यसले आरएफ रिडरको प्रयोग गर्ने गर्छ ।

तर चाहिएको वस्तु नजिक पुगपछि भने क्यामेराको प्रयोग गर्ने गर्दछ । यस उपकरणले अरु रोबोट भन्दा कम समयमै केही कुरा भेटाउन सक्ने जनाइएको छ ।

यो भन्दा पहिले पनि सन् २०१९ मा एमआईटीका अन्वेषकहरुले रोबोटलाई ट्याकटाइल सेन्सर र एआई प्रयोग गरेर चिजहरु थाहापाउन सिकाएका थिए ।

यसले परम्परागत रोबोट भन्दा राम्रोसँग काम गर्ने अन्वेषकले बताइएका छन् ।