कीवर्डहरू -

प्रतिनिधिसभामा सूचना प्रविधि विधेयक पेश नहुने

प्रतिनिधिसभामा सूचना प्रविधि विधेयक पेश नहुने

सूचना प्रविधि विधेयक आजको प्रतिनिधिसभा बैठकमा पेश नहुने भएको छ । अभिव्यक्ति स्वतन्त्रतामाथि विधेयकले प्रतिबन्ध लगाउन खोजेको भन्दै चर्को विरोध भएपछि सरकार पछि हटेको हो ।


यो पनि पढ्नुहोस्ः विवादस्पद सूचना प्रविधि विधेयक आज प्रतिनिधिसभामा पेश हुँदै, के के छन् विधेयकमा ?


विहिबारको प्रतिनिधिसभा बैठकमा विधेयक सम्बन्धी प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची थियो । विधेयक पेश गर्ने कार्यसुची बनाइएपछि बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसका सांसदहरुले विरोध गरेको थिए ।

एकवर्ष अघि नेपाली कांग्रेसको असहमतिका बिच संसदको विकास तथा प्रविधि समितिबाट बहुमतको आधारमा सूचना प्रविधि विधेयक पारित भएको थियो ।