कीवर्डहरू -

दोब्बर पैसा तिरेका ग्राहकहरुलाई पैसा फिर्ता गर्दै टेस्ला

दोब्बर पैसा तिरेका ग्राहकहरुलाई पैसा फिर्ता गर्दै टेस्ला

टेस्लाले दोब्बर पैसा तिरेका ग्राहकहरुलाई पैसा फिर्ता गरेको छ ।

टेस्लाका धेरै ग्राहकहरुले डाईरेक्ट बैंक ट्रान्सफर प्रयोग गरेर गाडी किनेका थिए तर उनीहरुलाई अरुको भन्दा दुई गुणा बढि पैसा तिर्नु परेको थियो ।

दोब्बर पैसा तिरेका एक जना ग्राहक एभरीडे क्रीसले आफूलाई टेस्लाले सम्पर्क गरेको र पैसा फिर्ता दिएको कुरा टेस्ला फोरममा बताएका छन् ।

उनले यो समस्या भएको ४–५ दिनमै पैसा रिफण्ड पाएका थिए । पैसा फिर्ता गरेसँगै टेस्लाले ग्राहकहरुलाई २०० डलरको कुपन पनि दिएको छ जसको प्रयोगले टेस्लाको अनलाइन स्टोरबाट केही सामान किन्न सकिन्छ ।