कीवर्डहरू -

नबिल बैंकको ‘नयाँ रहर, नयाँ अफर’ योजना, डेबिट र क्रेडिट कार्डबाट शपिङ क्यासब्याक पाइने

नबिल बैंकको ‘नयाँ रहर, नयाँ अफर’ योजना, डेबिट र क्रेडिट कार्डबाट शपिङ क्यासब्याक पाइने

नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुका लागि क्यासब्याक अफर ल्याएको छ । दराजसँगको साझेदारीमा चैत २९ गतेदेखि वैशाख ७ गते सम्म नबिल बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत सपिङ्ग गरि १५ प्रतिशत छुट वा अधिकतम १ हजार रूपैयाँ क्यासब्याक पाइने छ ।

त्यस्तै क्रेडिट कार्ड मार्फत सपिङ्ग गर्दा २० प्रतिशत छुट वा अधिकतम १५ सय रूपैयाँ सम्म क्यासब्याक प्राप्त गर्ने छन् ।

उक्त अफर शुरू हुन मात्र २ दिन रहेकोले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलि ग्राहकहरुले डेबिट र क्रेडिट कार्ड मार्फत क्यासब्याक अफरको लाभ लिन सक्नेछन् ।

नबिल बैंकले ११९ शाखा,  १७५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।