कीवर्डहरू -

टिकटक जस्तै नेपाली एप ‘थोप्ला’ सार्वजनिक हुँदै, के के छन् विशेषता ? 

टिकटक जस्तै नेपाली एप ‘थोप्ला’ सार्वजनिक हुँदै, के के छन् विशेषता ? 

टिकटक जस्तै नेपालको आफ्नै शर्ट भिडियो शेयरिङ एप ‘ थोप्ला ’ सार्वजनिक हुने भएको छ । एक्लो कम्पनीले विकास गरेको थोप्ला एप नयाँ वर्षको अवसरमा आउँदो वैशाख १ गते सार्वजनिक हुने भएको हो ।

थोप्लामा अरू एपमा जस्तै म्युजिक छनोट गरेर १५ सेकेण्ड, ३० सेकेण्ड र ६० सेकेण्ड सम्मको भिडियो अपलोड गर्न सकिने छ । वेबसाइटमा आजैदेखि भिडियो अपलोड गर्ने सुविधा खुल्ला गर्ने र एपमा वैशाख १ गतेदेखि खोल्ने योजना कम्पनीको छ ।

थोप्लामा अपलोड भएको भिडियोमा लाइक कमेन्ट र शेयर गर्न मिल्छ । पछिल्लो समय नेपालमा पनि भिडियो शेयरिङ प्लेटफर्म एकदमै लोकप्रिय हुँदै गइरहेको छ ।

थोप्लामा एड बजाउने पनि योजना रहेको एक्लो कम्पनीका प्रबन्ध निर्देशक उज्जवल खनालले बताए । ‘भिडियो सकिएपछि पछाडि तिर केही सेकेण्डको एड बजाउन सकियो भने हाम्रो प्रयोगकर्तालाई पनि केही आम्दानी हुन्छ,’ खनालले भने । ‘’

‘हाम्रो मुख्य उद्देश्य भनेको प्रयोकर्तालाई थोप्लाबाटै केही आम्दानी गर्न सक्ने बनाउनु हो,’ उनले भने, ‘हेरौं यो योजनामा कत्तिको सफल भइन्छ।’

यसमा युट्युबको प्ले बटन जस्तै निश्चित फ्लोअर पुगेपछि प्रयोगकर्ताले प्रोत्साहन स्वरूप केही दिने योजना रहेको उनले आइसिटी समाचारसँग बताए ।

थोप्लाले साइबर सुरक्षामा समेत ध्यान दिएको जनाएको छ । ‘हाम्रो कोडिङ एउटा सर्भरमा हुन्छ । प्रयोगकर्ताको डेटा अर्को सर्भरमा हुन्छ,’ उनले भने, ‘यदि कसैले ह्याक गर्‍यो भने हाम्रो एउटा सर्भर ह्याक हुन्छ र त्यो डाटा भएको सर्भरमा कहिले पनि पहुँच हुँदैन ।’