कीवर्डहरू -

पूर्व सह-सचिव विरेन्द्र मिश्र सुप्रवल जनसेवा श्री पदकबाट सम्मानित

पूर्व सह-सचिव विरेन्द्र मिश्र सुप्रवल जनसेवा श्री पदकबाट सम्मानित

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका पूर्व सह-सचिव विरेन्द्र मिश्र सुप्रवल जनसेवा श्री पदकबाट सम्मानित भएका छन् । गत शुक्ररबार राष्ट्रपति विद्या भण्डारीबाट मिश्र सम्मानित भएका हुन् ।

विरेन्द्र मिश्र आइसिटी अवार्डका जुरी सल्लाहकार समेत हुन् । डिजिटल नेपाल फ्रेमवर्क ल्याउन र कार्यान्वयन गर्नमा पनि उनको ठुलो भूमिका रहेको छ ।

सरकारी जागिरे हुँदा उनले आन्तरिक राजस्व विभाग, निर्वाचन आयोग, सूचना प्रविधि विभाग लगायतका महत्वपूर्ण संस्थामा काम गरिसकेका छन् ।