कीवर्डहरू -

गूगलले सार्वजनिक गर्‍यो नयाँ सर्च सर्टकट, सर्च रिजल्टलाई सजिलै परिष्कृत गर्न सकिने

गूगलले सार्वजनिक गर्‍यो नयाँ सर्च सर्टकट, सर्च रिजल्टलाई सजिलै परिष्कृत गर्न सकिने

गूगलले नयाँ सर्च सर्टकट सार्वजनिक गरेको छ जसले सजिलै सर्च रिजल्टलाई परिष्कृत गर्न मद्दत पुर्‍याउँछ । अब रिजल्ट पेजमा हुँदा ट्याब साइन ‘÷’ मा गएर थिच्दा सर्च फिल्डलाई विस्तार गर्न सकिन्छ ।

नाइन टू फाइभ गूगलका अनुसार सर्च पेजको कहीँ पनि थिच्दा अहिले गूगलले सानो नोटिफिकेसन बक्स देखाएर प्रयोगकर्ताहरुलाई जानकारी दिन थालेको छ । सर्टकट प्रयोग गर्न थालेपछि कर्सर आफै सर्च गरेको ठाउँ निर पुग्ने छ ।

त्यसपछि त्यहाँ सुरुमा टाइप गरेकोसँग मिल्ने अरु सर्च सुझावहरु आउन थाल्छ । अहिले सर्चलाई अझै केन्द्रित बनाउन मद्दत पुर्‍याउँछ । माउस बिनै ट्याब साइनमा थिचेर पनि सर्च गर्न सकिनेछ ।