कीवर्डहरू -

गूगल क्रोमको नयाँ भर्सन सार्वजनिक, डिफल्ट ब्राउजर एचटीटीपीको सट्टा एचटीटीपीएस रहने

गूगल क्रोमको नयाँ भर्सन सार्वजनिक, डिफल्ट ब्राउजर एचटीटीपीको सट्टा एचटीटीपीएस रहने

गूगलले क्रोमको ९० भर्सन सार्वजनिक गरेको छ जसमा डिफल्ट ब्राउजर एचटीटीपीको सट्टा एचटीटीपीएस रहेको छ । यसले ब्राउजिङलाई अझै सुरक्षित बनाउने मानिएको छ ।

यसले गोपनियताको स्तरमा पनि वृद्धि ल्याउनेछ जसले गर्दा प्रयोगकर्ताले के ब्राउज गर्यो भनेर थाहा हुँदैन् । यसका लागि एचटीटीपीएसले बिल्ट इन एफएलओसी प्रविधिको पनि प्रयोग गर्दैन् । त्यस्तै साइट लोड हुने स्पीडमा पनि फरक पर्नेछ ।

क्रोमको यो भर्सन एभीवान इन्कोडरमा बनेको छ जुन गूगलको डेक्सटप ब्राउजरमा पहिलो पटक हो । यो फिचर विशेष गरी भिडियो कन्फेरेन्सिङलाई मध्यनजर गरेर बनाइएको हो । यसले कम ब्याण्डवीथको नेटवर्कमा स्ट्रीमिङ पनि राम्ररी गर्न दिनेछ । ब्राउजरलाई रिस्टार्ट गरेर नयाँ भर्सन पाउन सकिन्छ ।