कीवर्डहरू -

शनिबार ‘नागरिक एप- डिजिटल नेपालका लागि तयारी’ विषयमा डिजिटल संवाद हुँदै

शनिबार ‘नागरिक एप- डिजिटल नेपालका लागि तयारी’ विषयमा डिजिटल संवाद हुँदै

‘नागरिक एप- डिजिटल नेपालका लागि तयारी’ विषयमा डिजिटल संवाद आयोजना हुने भएको छ । बैशाख २५ गते शनिबार साँझ ४ बजेदेखि ६ बजेसम्म डिजिटल संवाद आयोजना हुने भएको हो ।

राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा ‘नागरिक एप- डिजिटल नेपालका लागि तयारी’ विषयकमा सवांद हुन लागेको आयोजक समितिका एक सदस्य राजन लम्सालले बताए ।

यस सवांदमा वक्ताको रूपमा प्रधानमन्त्रीका आईटी सल्लाहकार अस्गर अली, सरकारका सह सचिव अनिल कुमार दत्त र चक्रघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम यादवको सहभागीता रहने छ ।

त्यस्तै कार्यक्रममा वक्ताको रूपमा क्यान महासंघका अध्यक्ष नवराज कुँवर, युवा प्रतिनिधि सेल्स्या क्षेत्री र पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहको उपस्थिती रहने आयोजकले जानकारी दिएको छ ।

यस संवादको प्रत्यक्ष प्रसारण नागरिक एप आइसिटी समाचार को फेसबुक पेजबाट हुनेछ । यो संवादमा सहभागी हुनका लागि यहाँ क्लिक गरी दर्ता गर्न सकिने छ ।

यो डिजिटल सवांदको दोस्रो संस्करणमा हो । जसमा डिजिटल नेपालसँग सम्बन्धित रहेर विभिन्न सरोकारवालाई राखेर संवाद गरिन्छ ।