कीवर्डहरू -

फेसबुक र गुगलसँगको सम्झौता मार्केटिङको लागि ‘ब्रेक थ्रु’ हो– सीईओ रवि सिंघल  

फेसबुक र गुगलसँगको सम्झौता मार्केटिङको लागि ‘ब्रेक थ्रु’ हो– सीईओ रवि सिंघल  

फिट इन्टरनेसनल नेपालमा फेसबुक विज्ञापनको आधिकारिक रिसेलर बन्ने पहिलो कम्पनी बनेको छ । साथै, केही दिन मै गगुलसँग पनि आधिकारिक रिसेलरको लागि सम्झौता गर्दै छ ।

यसले विभिन्न सामाजिक संजाल र गुगलमा नेपालबाट गइरहेको विज्ञापन औपचारिक च्यानलबाट जाने र मुलुकको राजश्व संकलन हुने विश्वास गरिएको छ ।

यसै सन्दर्भमा मुलुकको चर्चित फिनटेक कम्पनी एफवान सफ्टको एक कम्पनीको रुपमा रहेको फिट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत रवि सिंघल सँग आइसिटी समाचारका सन्तोष न्यौपान ले गरेको कुराकानीको सम्पादित अंशः


नेपालमा तपाइहरुले फेसबुकको एडको आधिकारित विक्रेता बन्नु भएको छ । गुगल एडको पनि बन्दै हुनुुहुन्छ । यसले नेपालको डिजिट मार्केटिङमा के फाइदा हुन्छ ?

नेपालमा अहिलेसम्मको सबैभन्दा ठूलो अड्चन के थियो भने डिजिटल मार्केटिङ गर्नलाई गैरकानुनी तवरले भुक्तानी गर्नुपर्ने ।

नेपालको पैसा अरु च्यानलबाट बाहिर गइरहेका छ र सरकारले त्यसमा कुनै पनि कर, भ्याट लगाउन पाएको छैन ।औपचारिक च्यानल नहुदा कित हुन्डीबाट गर्नु पर्ने कि त विदेशमा भएका साथीभाइलाई भन्नु पर्ने बाध्यता थियो ।

जब म एफवानसफ्ट आउने निर्णय गरें, त्यो बेला हाम्रो सुरुवातको योजना नै नेपालमा कसरी डिजिटल प्लेटफर्म ल्याउन सकिन्छ भन्ने थियो ।

हाम्रै ठूलो र लामै प्रयासबाट यो सफल भएको हो । हामीले फेसबुक मात्र होइन, श्रीलंकाको साउटआउट एप, ओहो डोमेन र भाइबरको बिक्रेता हो ।

गुगल एडको पनि आधिकारिक रिसेलर बन्दै छौं । यो हप्तामा गुगलसँग सम्झौता गर्दैछौं । गुगलका सर्तहर पुरा गरेर एप्लाइ गरिसकेका छौं ।

एक हप्तामा पुरा हुन्छ, त्यसपछि नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर २० दिनमा लाइभ जाने योजना छ । हामीले फिनटेकमा काम गरिरहेका छौं । फिनटेकलाई डिजिल सर्भिसेस चाहिएकै थियो ।

अहिलेको हाम्रो कोशिस भनेको जति पनि फेसबुक, गुगल, टिकटिक वा ट्विटरमा गैरकानुनी तरिकाले विज्ञापन गइरहेको छ, त्यसलाई औपचारिक च्यानलमा ल्याउने हो ।

त्यसबाट न सरकारले टिडिएस पाउँथ्यो, न कर पाउथ्यो । न त कम्पनीहरुले यो मेरो खर्च हो भनेर देखाउन पाउथ्यो । यसले गर्दा कम्पनीलाई पनि घाटा थियो ।

कुनै कम्पनीले वर्षभरीमा डिजिटल मार्केटिङ जति खर्च गरे पनि देखाउन सक्ने अवस्था छैन । त्यो खर्च देखाउन नपाएपछि अन्य तरिकाले खर्च देखाउनु पर्ने अवस्था छ ।

अर्को, सरकारलाई पनि औपचारिक च्यानलमा कसरी ल्याउने भन्ने समस्या छ । हामीले जुन काम गरेका छौं यसले यो सबै समस्याहरु समाधान गर्छ ।

अब कुनै पनि कम्पनीले डिजिटल मार्केटिङमा खर्च गरेको छ भने त्यो पनि देखाउन पाउने भए । हामी फेसबुकमा मात्र सीमित छैनौं । नेपालमा धेरै प्रयोग भइरहेका सबै डिजिटल प्लेटफर्मलाई ल्याउन खोजिरहेका छौं ।

डिजिटल मार्केटिङभन्दा पनि यो सबै कानुनी दायरामा आओस् भन्ने हाम्रो फोकस छ ।

नेपालको बजारलाई फेसबुक र गुगलले खासै ठूलो बजार मान्दैनन् । यस्तो अवस्थामा उनीहरुको आधिकारिक रिसेलर बन्न कसरी सम्भव भयो ?

म १२ वर्षदेखि  डिजिटल मार्केटिङमा छु । केही हदसम्म यस क्षेत्रको पहुँच मै छु म । अर्को, हाम्रो माउ कम्पनी एफवान सफ्टको पूर्वाधार राम्रो छ ।

धेरै वर्षदेखि फिनटेकमा काम गरिरहेको कम्पनी हो । कम्पनीका विभिन्न प्लेटफर्म जस्तो कि इसेवा, फोनपेलगायतमा लाखौं प्रयोगकर्ता छन् । यो सबैले ति प्लेटफर्मलाई विश्वस्त हुन सभायो । उनीहरुको सेवा सजिलै बिक्री गर्न सकिन्छ भन्ने लाग्यो ।

आजको दिनमा एड एजेन्सीले मात्रै फेसबुक विज्ञापन ल्यायो भने त्यो किन्नलाई नेटवर्क बनाउनु पर्छ । त्यो नेटवर्क बनाउन पाँच छ वर्ष समय लाग्छ ।

हामीसँग अहिले नै त्यो नेटवर्क र क्षमता छ । साथै, १२ वर्षसम्म काम गरेको अनुभवले पनि प्लेटफर्महरु कन्भिन्स गर्न सजिलो भएको छ ।

डिजिटल प्लेटफर्म सबैको लागि पारदर्शी बनाउने हाम्रो भिजन छ । फेसबुक र गुगललाई सत प्रतिशत पारदर्शीताको ग्यारेन्टी गरेका छौं ।

तपाईको जति क्रेडिट आउने हो, त्यत्ति नै भुक्तानी गर्नुहुन्छ । यो भएपछि डिजिटल मार्केटिङमा भइरहेको सेवा शुल्क पनि नहुने भयो नि त ।

यो फिडको लागि मात्र होइन, सबै मार्केटिङ एजेन्सीको लागि ब्रेक थ्रु हो । हामीले छिट्टै डिजिटल कल गरेर यो के हो, कसरी चलाउन सकिन्छ, कसरी विज्ञापन गर्न सकिन्छ भनेर सिकाउँदै छौं ।

यो नेपाल कै लागि सुखद समाचार हो । जो सानो व्यवसाय गरेर डिजिटल मार्केटिङ गर्नेहरु तर कार्ड छैन, कसरी गर्ने भन्ने हरुलाई पनि सजिलो हुनेछ ।

ठुल्ठुलो एजेन्सी जसलाई नियमित रुपमा डलर व्यवस्थापन गरिरहनुपर्थ्यो र गैर कानुनी तरिकाबाट त्यो डलर खोजिरहनु पर्ने समस्या थियो, त्यो पनि समाधान भयो ।

साथै, ठुल्ठुलो कर्पोरेट हाउस जसको ठूलो मात्रामा खर्च हुन्थ्यो र त्यो देखाउन सक्नु भएको थिएन। त्यो पनि डिजिटल एड खर्च हो भनेर देखाउन सक्ने अवस्था भयो ।

तपाइहरुले सुरु गर्न लागेको यो सेवा कसरी लिन सकिन्छ ?

हामीले अहिले यसको सिस्टम बनाइरहेका छौं । साना सय–दुई सय डलरको लागि हाम्रो प्लेटफर्म बन्दै छ । प्लेटफर्म बनिसकेपछि उहाँहरुले सिधै कारोबार सक्नुहुन्छ । आफ्नै घरमा बसेर ।

यदि ठूलो कारोबार गर्नेहरुले अहिले नै कारोबार गर्नु पर्‍यो भने हामीलाई सम्पर्क गर्दा हुन्छ । अहिले एजेन्सी र कर्पोरेट प्रयोगकर्तालाई सेवा दिइरहेका छौं । व्यक्तिगत प्रयोगकर्ताको लागि हामीले प्लेटफर्म ल्याउँदै छौं ।

त्यो प्लेटफर्म बनिसकेपछि व्यक्तिगत प्रयोगकर्तालाई सिधै हुन्छ र एजेन्सीहरुलाई कार्यक्रम लिएर आएका छौं ।

एजेन्सीहरुलाई यो सेवा चाहिन्छ भने हाम्रो मार्केटिङ टिमलाई सम्पर्क गर्नुभयो भने अहिले लिड कलेक्सन गरिरहेका छौं । त्यसपछि एउटा भर्चुअल कन्फेरेन्स गर्ने योनना छ ।

कन्फेरेन्समा एजेन्सीहरुमा कसरी गर्ने भनेर विस्तृत बताउँछौं । हामीले फेसबुक र गुगलको सर्तअनुसार एजेन्सीले काम गर्नुपर्छ । त्यो तालिम हामीले उहाँहरुलाई दिन्छौं ।

अहिले हामीले पनि फेसबुकबाट तालिम लिइरहेका छौं । २० दिनसम्म त हाम्रो टिमले नियमित तालिम लिन्छौं । फेसबुकबाट पाएको त्यो तालिम, सामग्रीलाई अन्य एजेन्सीहरुलाई पनि वितरण गर्नुपर्छ ।

प्लेटफर्म बन्न कति समय लाग्ला ?

हाम्रो योजना एकदेखि ढेड महिनामा लाइभ हुन्छौं भन्ने हो । हामी यो सेवा इसेवाबाट मात्र होइन अन्य प्लेटफर्ममा पनि जोड्ने सोचिरहेका छौं ।

यो प्लेटफर्म कसरी प्रयोग गर्ने भन्ने पनि होला । त्यसको लागि हाम्रो वेबसाइटमा आउनहुन्छ । फेसबुकमा सय डलरको विज्ञापन किन्न चाहनु भयो भने सय डलरमा क्लिक गर्नुहुन्छ । नेक्स्ट गर्नुहुन्छ, त्यसपछि तपाईको फेसबुक एकाउन्टमा क्लिक गर्न भन्छ ।

त्यसपछि तपाइको फेसबुक एकाउन्टमा बिजनेस म्यानेजर अकाउन्ट अटोमेटिक रुपमा बन्छ । त्यसपछि एड अकाउन्टमा सय डलर म्यालु हालिदिन्छ ।

त्यो तपाइले कुनै पनि मोबाइल वालेटमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । अथवा, मोबाइल बैंकिङबाट पनि सिधै भुक्तानी गर्न सक्नुहुन्छ ।

तपाईले लामो सयम यस क्षेत्रमा काम गर्नु भएको छ । नेपालमा डिजिटल मार्केटिङको अवस्था कस्तो देख्नु भएको छ । दायरा कतिसम्म हुनसक्ला ?

अनौपचारिक च्यानलबाट कुरा गर्दा नेपालमा देखिने फेसबुकको विज्ञापन २ अर्ब रुपैयाको छ । जुन चुनावको बेलामा ढेड गुणा बढेको थियो । चुनावमा साढे तीन अर्व जति भएको थियो ।

विज्ञापनको परीमाण बढ्दै गएको छ । भुक्तानी जति सजिलो हुदैजान्छ, त्यत्ति नै यसको दायरा पनि बढ्दै जान्छ ।

जति करको दायरामा ल्याउँछ, करको दयरा एकदमै महत्वपूण कुरा हो । कर तिर्न व्यवस्था जति सजिलो बनाउँछौं, त्यत्तिनै बढी पनि हुन्छ ।

के यसले मुलकको राजश्व नै बढाउला ?

राजश्वमा सिधै फाइदा हुन्छ । १५ प्रतिशत टिडिएस आउने नै भयो । पैसा यसैपनि गहिरहेको थियो तर त्यो पैसा औपचारिक च्यानलबाट जानेछ । जसबाट राज्यले राजश्व प्राप्त गर्ने छ ।

सरकारले सूचना प्रविधि विधेयकमा फेसबुक जस्ता सामाजिक सञ्जाल यही दर्ता हुनुपर्छ भनेको थियो । अब तपाइहरुको यो प्रकृयाले त यहाँ दर्ता नभए पनि फरक नपर्ने देखिन्छ हैन त ?

नेपालमा एकदम सानो बजार छ । फेसबुक र गुगल जस्ता प्लेटफर्म नेपालमा आउनलाई धेरै गाह्रो छ । नेपाल जस्तो बजार उनीहरुको फोकस मै पर्दैन ।

बिगत ९ महिनामा फेसबुकलाई मनाउन कति गाह्रो भयो भन्ने मलाई थाहा छ । यो पहिलो चरण हो । फेसबुकसँग कोरोबार सुरु भएको छ ।

भोलिको दिनमा पक्कै पनि यो बजार बिस्तार हुदै गयो भने उनीहरुलाई पनि यहाँ प्रतिनिधी पठाउन दवाव हुने छ । जति हामीले यहाँ बजारलाई विस्तार गर्छौं उनीहरुले पनि फोकस गर्ने हुन् ।

फेसबुकले अहिले पनि लगानी गरेको छ । हाम्रा स्टाफलाई ट्रेनिङ गर्न लगानी गर्छ । स्टाफ फेसबुकको लागि काम गेर्ने स्टफलाई तलब पनि दिनुहुन्छ ।

उनीहरुको पेमेन्ट सिस्टममा नेपाल भन्ने अपसन नै थिएन । अहिले पनि फेसबुकको पेमेन्ट अप्सनमा गएर हेर्दा नेपाल भन्ने भेटिदैन । त्यसमा नेपाल ल्याउनु नै सबैभन्दा ठूलो चुनौति थियो ।

त्यो ल्याउनलाई मलाई ९ महिना लागेको हो । सायद अबको तीन चार दिनमा नेपाल भन्ने बजार अपडेट गर्नुहुन्छ । उनीहरुले नेपालको बजारलाई मान्यता दिनु नै ठूलो कुरा हो ।

त्यसपछि के हुन्छ भन्ने कुरामा बजार जसरी बढ्दै जान्छ, के के आवश्यकता पर्छ त्यसमा भर पर्नेे कुरा हो ।

नेपालको डिजिटल मार्केटिङ कस्तो देख्नुहुन्छ ?

एकदम राम्रो छ । मैले चारपाँच वर्ष पहिलेको अन्तवार्तामा भनेको थिए, त्यो बेला भर्खर ‘रिकोजनाइज’ हुदै थियो ।अहिले यो व्यापक भैरहेकेको छ । अहिले मैले देखेको छु, कतिपयको पूर्ण खर्च डिजिटल मै कारोबार गर्नुभएको छ ।

दश वर्षअघि डिजिटलको कुरा गर्दा गाली मात्र खाइन्थ्यो भने आजको दिनमा हाम्रो मार्केटिङ विधि नै डिजिटल हो भन्ने भएको छ । बजार राम्रो छ । यसमा रोजगारी पनि राम्रो सृजना भइरहेको छ ।

हामीसँग नै अहिले ६० जना टिम छौं । यो वर्षको लक्ष्य नै सय जनालाई रोजगारी दिने भन्ने लक्ष्य छ । हामी जस्ता १०–१२ ठूला कम्पनीले पनि ५०–६० जनालाई रोजगारी दिइरहेका छन् ।

अहिले कलेजले डिजिटल मार्केटिङ पढाउन पनि थाले । यो एउटा परिवर्तन हो ।