कीवर्डहरू -

नेपाली पब्जी टिम डिआरएस तेस्रो हुदै जित्यो २१ लाख पुरस्कार 

नेपाली पब्जी टिम डिआरएस तेस्रो हुदै जित्यो २१ लाख पुरस्कार 

पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशिया च्याम्पियनशिप २०२१ मा नेपाली टोली डिआरएस गेमिङले तेस्रो स्थान हात पार्दै १८ हजार डलर (२१ लाख रुपैयाँ) जितेको छ ।

बिहीबारदेखि शुरु भएको प्रतियोगिता आइतबार सम्पन्न भएको थियो । सुरुका दिनमा राम्रो प्रर्दशन गरेको नेपाली टोलीले उक्त अग्रता कामय गर्न नसकदा तेस्रो स्थानमा चित्त बुझाउनु पर्यो ।

प्रतियोगितामा मंगोलियन टिम अस्त्र एकेडेमीले उपाधि जितेको छ । उसले ४० हजार अमेरिकी डलर अर्थात झन्र्ड ४६ लाख ७३ हजार रुपैया हात पारेकोे छ ।
त्यस्तै, मंगोलियाकै जिउस् इम्पोर्ट्स दोस्रो हुदै २८ हजार डलर (३२ लाख ७१ हजार रुपैयाँ) जित्न सफल भएको छ ।

प्रतियोगितामा नेपालसहित विभिन्न देशका १६ टिमले प्रतिस्पर्धा गरेका थिए ।
यस प्रतिस्पर्धाको पुरस्कारको राशि १ करोड ७५ लाख बढी नेपाली रूपैयाँ रहेको थियो । यो पुरस्कारको राशि मोबाइल इस्पोर्टसको इतिहासमै उच्च हो ।

पीएमपीएल सिजन थ्री साउथ एशिया फाइनलबाट ९ टिम, पीएमसीओ २०२१ स्प्रिङ हङकङ, मकाउ तथा टाइवानका ४ टिम, पीएमसीओ २०२१ स्प्रिङ एशिया वाइल्डकार्डका २ टिम र पीएमपीएल साउथ एशिया सिजन २ विजेता स्काईलाइट गेमिङ गरी १६ टिमले प्रतिस्पर्धा गरेका थिए ।

यस प्रतियोगिताका १६ प्रतिस्पर्धी टिम मध्ये  ७ वटा टिम नेपालका थिए । जसमा डिआरएस गेमिङ, सेभेन सी इस्पोट्र्स, डेडआइज गाइज, ट्रेन्ड टु किल, हाई भोल्टेज, पीएन क्रु र स्काई लाइट गेमिङ रहेका छन् ।