कीवर्डहरू -

एप्पल वाच सिरिज ७ स्क्रिन र अपडेट गरिएको अल्ट्रा वाईडब्याण्ड प्रविधिसँग आउने

एप्पल वाच सिरिज ७ स्क्रिन र अपडेट गरिएको अल्ट्रा वाईडब्याण्ड प्रविधिसँग आउने

एप्पल वाच सिरिज ७ मा नयाँ स्क्रीन र अपडेट गरिएको अल्ट्रा वाईडब्याण्ड प्रविधि हुन सक्ने भएको छ । त्यस्तै स्मार्टवाचमा छिटो चल्ने चीप पनि हुन सक्ने अनुमान गरिएको छ ।

अल्ट्रा वाईडब्याण्ड प्रविधिमा के के अपडेट आएका छन् भन्ने बारेमा खासै जानकारी रहेको छैन् । वाचओएस ८ मा अहिले रहेको प्रविधिले होटेल रुम वा अन्य ढोकाहरुलाई अनलक गर्न पनि सकिन्छ ।

एप्पल वाचलाई एप्पलले नयाँ डिजाईन र रङ्ग दिन लागेको पनि जानकारी बाहिरिएको छ । यसले घडीलाई अझै मोटो बनाउने अनुमान लगाइएको छ ।

कम्पनीले २०२१ को घडीमा शरीरको तापक्रम नाप्ने सेन्सर पनि राख्ने प्रयत्न गरेको रिपोर्टहरुले जनाएको छ तर यो तयार हुन सन् २०२२ नै हुने पनि अनुमान लगाइएको छ ।

रगतमा सुगर मापन गर्ने फिचर भने अहिले केही वर्षसम्म नआउने पनि बताइएको छ । स्वास्थ्य सम्बन्धी फिचर स्वीकृत गराउन धेरै समय लाग्ने हुँदा लामो समय लाग्ने अनुमान लगाइएको छ ।