कीवर्डहरू -

आजदेखि नेपालमा लागु भयो मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम

आजदेखि नेपालमा लागु भयो मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम

नेपाल दूरसञ्चार प्राधिकरणले साउन १ गते अर्थात आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै एमडीएमएस लागु भएको जानकारी दिएको हो ।

प्राधिकरणको सूचनामा भनिएको छ, ‘मोबाइल सेटको आयातपूर्व अनिवार्य रूपमा प्राधिकरणबाट स्तर स्वीकृति (टाइप अप्रुभल) गर्न तथा आईएमईआई नम्बर दर्ता गर्नुपर्ने प्रावधान भएकोले सोको लागि नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम लागू गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

हाल पहिलो चरणमा व्यवसायिक आयातकर्ताले मोबाइलको आयात गर्दा आईएमईआई रजिष्ट्रेसन मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम मार्फत गर्ने व्यवस्था मिलाइएको छ ।

साथै यस प्रणालीलाई क्रमश पूर्णरूपमा लागू गरी मोबाइलको आयात एवम् प्रयोगलाई थप व्यवस्थित, भरपर्दो र सुरक्षित बनाइने दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार हाललाई व्यक्तिगत रूपमा आयात गरेको मोबाइलको दर्ता यहाँ क्लिक गरी गर्न सकिने छ । हाल सञ्चालनमा रही प्रयोगमा आएका मोबाइलहरू सञ्चालनमा कुने वाधा अवरोध नआउने प्राधिकरणले बताएको छ ।