कीवर्डहरू -

बगभीमा जोडियो ई-कमर्स कम्पनी ग्यापु, एउटा बगको २०० डलरसम्म दिइने

बगभीमा जोडियो ई-कमर्स कम्पनी ग्यापु, एउटा बगको २०० डलरसम्म दिइने

नेपालकै पहिलो बग बाउन्टी प्लेटफर्म बगभीमा ई-कमर्स कम्पनी ग्यापु मार्केटप्लेस जोडिएको छ । ग्यापुले मंगलबारदेखि बगभीमा आफ्नो सिस्टम परीक्षणका लागि राखेको हो ।

अब ग्यापु सिस्टममा भएको कुनै पनि समस्या पत्ता लगाएर अनुसन्धानकर्ताले १० देखि २०० अमेरिकी डलरसम्म कमाउन सक्ने छन् । सुरक्षा संवेदनशीलताका आधारमा रकम भुक्तानी गरिने बगभीले जनाएको छ ।

इकर्मस प्लोटफर्महरुले आफ्नो सेक्युरिटीलाई विशेष ध्यान दिन आवश्यक छ । इकमर्सको ग्यापु मार्केट प्लेसले यस प्लेटफर्ममा आएर ह्याकरहरुलाई पनि इकर्मसमा काम गर्ने वातावरण बताइदिएको बगभीका संचालक नरेश लाम्गादे बताउँछन् ।
अहिले नेपालमा धेरै इकमर्स खुलेका छन् । ति इकर्म र फुडडेलिभरीमा डेटा लिक भएको समाचार आएका थिए । आफ्नो प्लोटफर्मलाई अझ सुरक्षित राख्नको लागि अझ धेरै काम गर्नुपर्ने अवश्यकता रहेको लाम्गादेको भनाइ छ ।

बगभीमा हालसम्म दुई दर्जनभन्दा धेरै कम्पनीले आफ्नो सिस्टमको सुरक्षा परीक्षणका लागि आवद्ध भइसकेका छन् । बगभीमा अहिले नेपालसहित विश्वभरबाट ३५ सय साइबर सुरक्षा अनुसन्धानकर्ता जोडिएका छन् ।