सोमबार, १ कार्तिक, २०७८
Monday, 18 October, 2021

यसरी सजिलै क्युआर कोडबाट आफ्नो मोबाइलमा जोड्नुहोस् वाईफाई

क्युआर कोडले हाम्रो दैनिक जीवनका कामलाई सहज बनाउँदै लगेको छ । यसबाट हामीले सजिलै डिजिटल भुक्तानी गरिरहेका छौं । 

यसले भुक्तानीमात्र होइन, अन्य काम पनि छिटो र सहज बनाएको छ । जस्तो कि तपाईंले कुनै पनि ठाउँमा वाईफाई कनेक्ट गर्नुपर्यो भने क्युआर कोडको प्रयोग गर्न सक्नुहुन्छ । 

पहिला जस्तो वाईफाईको पासवर्ड एकएक गरेर टाइप गरिरहनुपर्दैन । क्युआर कोडको माध्यमबाट सजिलो तरिकाले वाईफाई जोड्न सकिन्छ । 

क्युआर कोडबाट क्यान गरेर वाईफाई जोड्न निम्न विधि अपनाउनु पर्छ । 

–    सबैभन्दा पहिला वाईफाई जोडिएको मोबाइलको वाईफाईमा ट्याप गर्ने (थिच्ने) । त्यहाँ मोबाइलमा प्रयोग भइरहेको  वाईफाईको नाम देखाउँछ । त्योसँगै यसको सेटिङ अप्सन हुन्छ। 

–    सेटिङ अप्सनमा क्लिक अर्थात ट्याप गर्ने । 

–    अब मोबाइलको तल्लो भागमा क्युआर कोडको अप्सन देखिन्छ ।  

–    त्यहाँ ट्याप गरेपछि क्युआर कोड आउँछ । 

–    नयाँ भर्सनका मोबाइलमा भने यसरी सेटिङ भित्र गइरहनु पर्दैन । वाईफाईको नामको तल नै ‘ट्याप टु सेयर पासवर्ड’ भन्ने लेखेको हुन्छ । त्यसलाई ट्याप गरेपछि सिधै क्युआरकोड देखाउँछ । 

...

–    अब जुन मोबाइलमा वाईफाई जोड्ने हो त्यसको वाईफाईमा थिच्ने । 

–    वाईफाईभित्र माथिल्लो भागमा क्युआर कोड स्क्यान गर्ने अप्सन रहेको हुन्छ । त्यसमा क्लिक गरेपछि क्युआर कोड स्क्यान गर्ने अप्सन आउँछ । 

–    अब अघि वाईफाई जोडिएको मोबाइलमा आएको क्युआरकोडमा यसलाई स्क्यान गर्ने । 

–    अब तपार्ईंको मोबाइलमा वाईफाई जोडियो । 


 

सम्बन्धित समाचार