कीवर्डहरू -

यी ठाउँमा विस्तार हुँदैछ सीजीको इन्टरनेट

यी ठाउँमा विस्तार हुँदैछ सीजीको इन्टरनेट

सीजी नेटको सेवा काठमाडौंका ६ ठाउँमा विस्तार हुने भएको छ । ९९९ रूपैयाँमा १२० एमबीपीएसको इन्टरनेट सेवा उपलब्ध गरारहेको सीजीले इन्टरनेट विस्तारलाई तिब्रता दिएको छ ।

सीजी नेटले साउन २३ गते सतुङ्गल, साउन २६ गते महाराजगंज, साउन २७ गते बालाजु र छाउनी, साउन ३१ गते कोटेश्वर, भदौ ३ गते कंलकीमा इन्टरनेट विस्तार हुने जनाएको छ ।

सीजी नेटको सेवा हाल जावलाखेल, लगनखेल, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा (रिङरोड) पुलचोक, कुलेश्वर, त्रिपुरेश्वर, टेकु, कालिमाटी, बल्खु र कलंकीमा उपलब्ध छ ।