कीवर्डहरू -

अनलाइनबाटै यसरी निःशुल्क लिनुहोस् क्युआर कोडसहितको खोप प्रमाणपत्र

अनलाइनबाटै यसरी निःशुल्क लिनुहोस् क्युआर कोडसहितको खोप प्रमाणपत्र

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्युआर कोडसहितको खोप प्रमाणपत्र निःशुल्क उपलब्ध हुने जानकारी दिएको छ ।

एक सूचना सार्वजनिक गर्दै मन्त्रालयले कतिपय म्यानपावर कम्पनीहरुलाई खोप कार्ड पाउन शुल्क बुझाउन परेको गुनासो आएकोप्रति ध्यानाकर्षण जनाउँदै खोप कार्ड निःशुल्क पाइने जानकारी दिएको हो ।

सर्वसाधरणलाई मर्का पर्ने कुनै पनि किसिमका कार्यहरु नगर्न र नगराउन पनि मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

नियम विपरीत शुल्क लिएमा कडाभन्दा कडा कारबाहीको व्यवस्था गर्न सम्बन्धित सरोकारवालाहरुलाई समेत मन्त्रालयले आग्रह गरेको छ ।

अनलाइनबाटै निःशुल्क यसरी लिनुहोस् खोप कार्ड

क्युआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र पाउन यहाँ क्लिक गरी मागिएको सम्पूर्ण विवरण तथा कागजातहरू अपलोड गर्नुपर्नेछ । अनलाइन फारम भरेको ५ दिनपछि खोप प्रमाणपत्र तयार हुनेछ ।

अनलाइन फारम भरेका व्यक्तिहरुले आफ्नो प्रमाणपत्र तयार भयो कि भएन भनेर यहाँ क्लिक गरी दर्ता नम्बर र जन्म मिति राखेर प्रमाणपत्रको अवस्था थाहा पाउन सकिने छ । खोप प्रमाणपत्र तयार भएपछि उक्त लिंकबाट प्रमाणपत्र डाउनलोड गर्न सकिने छ ।

सहजताका लागि एकप्रति खोप प्रमाणपत्र प्रिन्ट गरेर राख्न सकिन्छ । यो प्रमाणपत्रमा कुनै छाप वा हस्ताक्षर आवश्यक नपर्ने जनाइएको छ ।

साथै क्युआर कोडसहितको प्रमाणपत्र अनिवार्य भएका देश जान लागेका व्यक्तिहरुले क्युआर कोडसहितको प्रमाणपत्र प्राप्त भएपछि मात्र टिकट लिन अनुरोध गरिएको छ ।