कीवर्डहरू -

प्रथम पुरस्कार जित्न सफल निबन्ध : मेरो डिजिटल नेपाल ! मेरो परिकल्पना !! 

प्रथम पुरस्कार जित्न सफल निबन्ध : मेरो डिजिटल नेपाल ! मेरो परिकल्पना !! 
नेहा गिरी, कक्षा १२, सेन्ट जेभियर्स कलेज, काठमाडौं, माईतीघर

आजको २१ औं शताब्दीमा मानवजातिको चेतना र परिकल्पनाबाट निर्मित सिद्धान्त र सिर्जनाहरुले यस विशाल संसारलाई एक विश्वव्यापी घरमा रुपान्तरण गरिदिएको छ । आधुनिक प्रविधि र आधुनिकिकरणले हाम्रोे भूगोलको भौतिक दूरीलाई घटाएर एउटा सानो दूरीमा कायम गरिदिएको छ ।

यो विज्ञानले सिर्जना गरेको महत्वपूर्ण चमत्कार र क्रान्तिको  रुपमा स्थापित भएको छ । आज पृथ्वीको मानवले चन्द्रमा र मंगल ग्रहमा बस्ती बसाउने सपना देखिरहेको छ र तयारी पनि गरिरहेको छ; कारण मानव सभ्यता सँगसँगै विज्ञान र डिजिटल प्रविधिको विकास । अर्थात, विज्ञान र

धुनिक प्रविधि हाम्रो धर्तीमा मात्र सिमीत नभई सारा ब्रह्माण्ड नै नियाल्न पुगिसकेको छ । मानव जातीको कल्पना, विवेक र हिहिनेतको परिणाम हो डिजिटल प्रविधि र डिजिटलीकरण । मानव सभ्यता आधुनिकीकरण तर्फ लम्कदै गर्दा परम्परागत सेवा प्रवाहका लागी आवश्यक आर्थिक र मानव स्रोत बिस्तारै मँहगो पर्दै गएकाले आधुनिक जीवन सहज बनाउनका निम्ति डिजिटल प्रविधिको विकास गरिएको हो ।

आजको युग जँहा विश्व आधुनिकताले मानिसको मन लठ्याइदिएको छ र मदारी तालमा नचाइदिएको छ । यस्तो अवस्थामा समयको चाल सँगसँगै चल्ने प्रयत्न गरिराख्दा मानिसको प्रायासलाई समुन्द्रका विभिन्न छालहरुले बगाइदिएको छ । त्यस्तै छालहरुको सामना गर्नका निम्ति आजको परिस्थितिमा डिजिटल प्रविधि चुनौतिको समुन्द्रा एउटा नौका बन्न पुगेको छ।

आधुनिकिकरण भन्ने बित्तिकै हाम्रो मानसपटलमा डिजिटल र डिजिटलीकरण जस्ता प्रविधिको कार्य उत्पन्न हुन्छन । वास्तवमा यो डिजिटल र डिजिटलीकरण भनेको के हो ?

एउटा उदाहरणको लागि बिजुलीको बिल भुक्तानी गर्ने तरिकालाई लिन सकिन्छ, जसका निमित्त पहिले हामी घण्टौ बिल तिर्ने लामो लहरमा उभिन्थ्यौं । अहिले विधुतिय प्रविधि र सेवा दिने संघ संस्थाको तथ्यलाई डिजिटलीकरण गराएपछी हामी घरै बसी इन्टरनेटबाट ’प्रभु पे’ जस्ता डिजिटल अनुप्रयोगद्धारा बिलको भुक्तानी गर्न सक्ने भएका छौ ।

वैज्ञानिक रुपमा डिजिटल भन्नाले अंक सम्बन्धि १ र ० छिटो पँहुच भण्डारण अर्थात भौतिक रुपमा उपस्थित भएर गरिने कार्यलाई विधुतिय तथा इन्टरनेटको माध्यमबाट कम्पुटरको यन्त्रकला विज्ञानसँग सम्बन्धित गराई तथ्यलाई ‘इनपुट, प्रकृया र आउटपुट’ गराउनु भनेर बुझिन्छ । त्यसै गरी डिजिटल प्रविधिको प्रयोग गरी तथ्य तथा जानकारीको विवरणको भौतिक ढाँचालाई डिजिटल रुपमा परिवर्तन गर्ने प्रकृयालाई डिजिटलीकरण (Digitization) भनिन्छ। डिजिटल माध्यमवाट व्यवसाय मोडेल परिवर्तन गर्न, नयाँ राजश्व र मूल्य उत्पादन अवसरहरु प्रदान गर्न तथा गैर डिजिटललाई डिजिटल प्रतिनिधित्व वा कलाकृतिमा रुपान्तरण गरेर दैनिक जिवनलाई एकिकृत गर्न सकिन्छ । यो मानव इतिहासको ठूलो र महत्वपूर्ण क्रान्तिको रुपमा आकाशको तारा झै चम्किरहेको छ ।

यूरोपियन यूनियन, आर्थिक सहकार्य तथा विकास बारेको संस्था, ओईसीडी र संयुक्त राष्टसंघको तथ्यांकअनुसार डिजिटल माध्यमबाट नागरिकलाई गुणस्तरिय सेवा दिने देशहरुको सुचिमा डेनमार्क सबैभन्दा माथी रहेको छ। २०१६ को इ–गभर्मेन्ट सुचाङका १९३ देश मध्ये नवौं नम्बरमा रहेको डेनमार्क तीन वर्षमा सर्वोत्कृष्ट बन्दा नेपाल भने ११७ औं स्थानमा छ ।

संघिय गणतन्त्रमा सफल रुपान्तरण पछि प्रगति र समृद्धि ल्याउन नेपालले आर्थिक क्रान्ति शुरु गरेको थियो । तसर्थ सूचना, संचार र प्रविधिको ठूलो आवश्यकता परेकाले वि.स. २०२८ को जनगणनामा कम्पुटरको प्रयोगबाट नेपालमा डिजिटल यात्राको थालनी गरिएको थियो । नेपालमा डिजिटल प्रविधि भित्र्याउनुको मुख्य लक्ष्य डिजिटल प्रविधिको उपयोगवाट सेवा प्रवाह, उत्पादन र उत्पादकत्वमा अभिवृद्धि गरी अर्थतन्त्रका बृहत्तर आयामहरुको रुपान्तरण गर्दै आधुनिकीकरण गर्नु तथा आम नागरिकलाई प्रदान गरिने सार्वजनिक सेवा सरल र सहज रुपमा उपलब्ध गराउनु हो ।

मेरो देश नेपाल आर्थिक विकासको पूर्ण सम्भावना भएको उर्वर भुमि हो । तीव्र विकास र उच्च आर्थिक वृद्धिका लागि समय सापेक्ष डिजटल तथा सूचना प्रविधिको उपयोग गरी आर्थिक तथा सामाजिक क्षेत्रमा सकारात्मक सुधार ल्याउन सकिन्छ । पचास वर्ष अघि राष्ट्रिय जनगणनामा कम्प्युटरको प्रयोगबाट डिजिटल प्रविधि भित्र्याएको मेरो देशले वि.स. २०७६ सम्म मोबाईलको पहँुच १०० प्रतिशत र इन्टरनेटको पँहुच ६० प्रतिशतमा पुर्याएर डिजिटल माध्यम प्रयोग संम्बन्धमा उल्लेख्य सफलता हासिल गरेको छ ।

नेपाललाई ‘डिजिटल नेपाल’ बनाउन सूचना र सञ्चार प्रविधिका विकास तथा प्रवर्द्धनका लागी निित, नियम र नियामक निकायहरुको व्यवस्थाले वि.स. २०७६ मा ‘डिजिटल नेपाल फ्रेमवर्क’ तयार पारेको छन् । नेपाली समाजलाई डिजिटल प्रविधिको क्षेत्रमा ज्ञान तथा सूचनामा आधारित समाजतर्फ रुपान्तरण गरि रहेको छ । \"\"

इन्टरनेटको बिस्तार सँगसँगै फोरजी सेवाको बिस्तार भइरहेको छ । यहाँ डिजिटल प्रविधि तथा इन्टरनेटको पँहुच विस्तारको प्रमुख कारण मध्ये सामाजिक सञ्जालको प्रयोगमा दक्षिण एसियामा नेपाल दोश्रो स्थानमा रहेको छ । साथै आफ्नो अनलाईन उपस्थिति बढाउन र आफ्नो व्यवसायलाई विश्वव्यापी रुपमा व्यापक बनाउन धेरै व्यवसाय र संङ्गठनहरुले डिजिटल बजारीकरणको उपयोग गरेका छन् । डिजिटल भुक्तानी जस्ता सहयोगी वातावरणको सिर्जना भएका कारण नेपालीलाई गुणस्तरीय सेवा प्रदान भइरहेको अवस्था छ ।

अवस्था अनुकुल बदेख्दैछु म एउटा सपना र कल्पना गर्दैछु आधुनिक युगको ’डिजिटल नेपालको’ । मेरो डिजिटल नेपालको काल्पनिक चित्रण कोर्दै गर्दा मेरो मष्तिस्कमा विभिन्न तरङ्गहरु उत्पन्न भइरहेका छन् । मेरो परिकल्पनामा कोरिएको डिजिटल नेपालको तस्विरमा हाम्रो स्वर्णिम देश, डिजिटल प्रविधिको रथ चढेर दिगो विकास र शान्तिको सुमधुर गन्तव्य तर्फ घोडाको चालमा लम्किरहेको छ । हो , साच्ची नै नेपाल अब छिट्टै नै विकसित मुलुकका सुचिमा समावेश हुने घोषणा गरिएको छ ।

म, मेरो डिजटल नेपालको परिकल्पनामा मग्न छु, कल्पनाबाट नै वास्तविक आनन्द लुटिरहेको छु । कनेक्टिभिटी, वित्तीय समावेशिकरण, व्यापार र सार्वजनिक सेवाहरुको पहँुचको उच्च वृद्धि गरेर जुठ्यानदेखी चोख्यानसम्मको यात्रा गराएको छ डिजिटल मंचले ।

देशका नागरिकलाई प्रदान गर्ने सेवाको सरलीकरणमा केन्द्रित गरिएको डिजिटल नेपाल फ्रेमवर्कलाई व्यवहारिक कार्यन्वयन गर्न सरकारले एकिकृत ‘वेब पोर्टल’ बनाएको छ, जहाँबाट सबै सार्वजनिक निकायले आफ्नो सेवा प्रदान गरिरहेका छन् । उडिरहेछ मेरो देश स्वतन्त्र चरा जस्तै फिजाउदै डिजिटल प्रविधिले दिएको पंखहरु डिजिटल मंचको नविन आकाशमा । देशका सामु रहेका चुनौतीहरुलाई सम्बोधन गर्दै ‘समृद्ध नेपाल, सुुखी नेपाली’ को राष्ट्रिय आकांक्षा हासिल गरिएको छ ।

डिजिटल क्षेत्रगत मुख्य चुनौतीहरुलाई सम्बोधन गरेर आर्थिक सामाजिक विकासलाई तीव्र गतिमा बढाइएको छ । साथै डिजिटल प्रविधिका ८ वटा प्रमुख क्षेत्रहरु र यी अन्तर्गतका ८० डिजिटल पहलहरुको क्षमता उत्थान गरिएको छ । डिजिटल नेपालको आधार स्तम्भ डिजिटल फाउन्डेशन भएको छ जस अन्तर्गत शहरदेखी गाँउसम्म हिमालदेखी तराईसम्म र पुर्व मेचीदेखी पश्चिम महाकालीसम्म इन्टरनेटको पँहुच, फाइभजी सेवाको बिस्तार, डिजिटल साक्षरता र सुशासनको लागी विधुतीय सेवा उपलब्ध गराइएको छ ।

उपलब्ध सेवाको सामाथ्र्य र पहँुच तथा डिजिटल असाक्षरताजस्ता समस्या हटाइएको हुनाले कोही नेपाली पनि डिजिटल सेवा र सो बाट प्राप्त हुन सक्ने अवसरबाट बञ्चित रहेका छैनन् । समयसँगै बढ्दो आवश्यकतालाई सामाना गरेको चुस्त र सहयोगी डिजिटल फाउन्डेशनका साथ नेपालीहरुमा रहेको डिजिटल डिभाइड उच्च दरमा घटाएर शून्यमा पुर्याएको छ ।

‘कम्पुटर एसोसिएसन अफ नेपाल’, लिभिङ विथ आइसिटी जस्ता संघसंस्था तथा  नेपाल सरकार, उधोग वाणिज्य महासंघ र विज्ञहरुको सहकार्यमा मेरो परिकल्पनाको डिजिटल नेपालमा डिजिटल नेपाल फ्रेमवर्क कार्यक्रममा उल्लेखित इन्टरनेट सेवा तथा सूचना र संचार पौधोगिकीको पहँुच सबै नागरिकमा उपलब्ध गराउने उद्देश्यलाई पूर्ण रुपमा सफल बनाएको छ । साथै नेपालमा राष्ट्रिय साइबर सुरक्षाको व्यवस्थापन, सरकारी ई–सिकाई प्लेटफर्म, इ–गभर्नेन्स, एकीकृत नेपाल सरकार मोबाईल एपको प्रयोग गरिएको छ र देशलाई कागजरहित सरकार बनाइएको छ ।
डिजिटल नेपालको कृषि क्षेत्रमा प्रविधिको प्रयोग गरी कृषिमा लागत कम तथा प्रतिफल बढाइएको छ । बढ्दो खाधान्न खपत धान्नका लागी कृषिको उत्पादन तथा उत्पादकत्वमा बूद्धि गरी कृषकको आय बृद्धि गर्ने कार्यमा ‘एग्रिटेक’लाई बढाव दिइएको छ ।

कृषिप्रधान देशमा अन्न पनि परदेशबाट आयात गरिन्छ । मेरो परिकल्पनाको डिजिटल नेपालमा यस्तो छ जहाँ अन्न तथा खाधान्न निर्यात गरिन्छ  । देशमै कृषि क्षेत्रमा राम्रो रोजगारको व्यवस्था भएकाले घरको बारी बाझो राखी विदेशको खाडिमा पैसाको बाढी आउने सपना लिएर कोही पनि युवाले आफ्नो मातृभुमी छोड्नु परेको छैन । कृषिकर्मीहरुलाई वर्खायामको पानीमा रुझ्न र गर्मीको तातो घाममा घोटिनु परेको छैन ।

किसानले नै खेतमाथी ड्रोन जस्ता डिजिटल यन्त्र चलाएर बिउँ छरिरहेका छन् । अवलोकन गर्ने क्रममा मेरो बुढी हजुरआमा भन्छिन ‘कस्तो सजिलो जमाना आयो गाँठे ! हाम्रा पालामा खेत रोप्न एक महिना अघि देखी कम्मर कस्न पथ्र्यो ।’ ई–हाट बजार, प्रिसिजन कृषि औजार सहप्रयोग, न्यूनतम समर्थन मूल्य तथा अनुदानको भुक्तानी डिजिटल अनुप्रयोग जस्तै प्रभु पे, एन आइसी एसिया बैंकबाट गरिन्छ । स्मार्ट सिँचाईको कार्यन्वयन, पशुधन तथा वन्यजन्तुको स्मार्ट व्यवस्थापन र ‘टेलिभेट तथा मेडिकल सेन्टरको स्थापना गरिएको छ, मेरो डिजिटल नेपालमा ।

जनतालाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने राज्यको उद्देश्यलाई स्वास्थ्य क्षेत्रका पहलले पूर्ण सहयोग गरेको छ । सामथ्र्य, पँहुच र गुणस्तरीय स्वास्थ्य सेवासँग सम्बन्धित समस्याहरुको समाधानका लागि नागरिकले भिडियो कन्फेरेन्स, इ–सिकाई र मोबाईल स्वास्थ्य जस्ता डिजिटल प्रविधिहरुवाट लाभ उठाएका छन् । राष्ट्रिय डिजिटल स्वास्थ्य सेवा प्लेटफर्म तथा नयाँ प्रविधिमा आधारित डिजिटल स्वास्थ्य केन्द्रहरु जस्तै ‘एनआईसी’ डक्टरलाइभ २४ जस्ता संस्था र एपहरुलाई बढावा दिइएको छ ।

इ–मातृ स्वास्थ्य सेवाको व्यवस्थापन गरिएको छ । हुम्ला, जुम्लाजस्ता भौतिक रुपमा पुग्न समय लाग्ने ठाँउमा आपतकालिन स्वास्थ्य सामाग्री वितरणका लागि ड्रोनमार्फत पठाइन्छ । अस्पतालको टिकट घरबाटै लिन र अस्पताल पुग्न असहज हुनेहरुका लागि केन्द्रकृत ‘टेलिमेडिसिन’ केन्द्रको व्यवस्था गरिएको छ । यसका साथै मातृ मृत्युदर र बाल मृत्युदरमा उल्लेख्य रुपमा कमी आएको र बिमारीहरु विशेषतः ग्रामीण क्षेत्रका नागरिकले स्वास्थ्य सेवामा गुणात्मक सुधार पाएका छन्, मेरो परिकल्पनाको डिजिटल नेपालमा ।

मेरो परिकल्पनाको डिजिटल नेपालले परिकृष्ट शिक्षण सिकाई वातावरणको निर्माण जस्ता पहलद्धारा नयाँ आर्थिक अवसरहरुको उपयोग गर्न सक्ने मानव संसाधन तयार पारेको छ । डिजिटल प्रविधिको प्रयोगले शिक्षणमा सहयोग गर्ने, सिकाइ सम्बन्धि अनुभव पार्ने र शैक्षिक नतिजामा सुधार ल्याउने जस्ता कार्य गरेको छ ।

निजी तथा सामुदायीक सबै विधालयहरुमा स्मार्ट कक्षा कोठाबाट पठनपाठन गराइएको छ । कोभिड–१९ महामारीका कारण भर्चुअल सिकाइको प्रयोग बढेकाले विधार्थीलाई ‘ओएलइ’ (Open learning education) लागु गराउदै डिजिटल पुस्तकालयको सहज उपलब्धता गराइएको छ । विश्वव्यापी रुपमा मान्यता भएको र नेपालमा डिजाइन गरिएको अनलाइन सिकाइ कार्यक्रम जस्तै ‘माइ सेकेन्ड टिचर’लाई समान प्राथमिकताको रुपमा लिएको छ र यसका लागी ब्रोडव्याण्ड सेवाको उपलब्धता गराइएको छ ।

भाडामा ल्यापटप कार्यक्रम सञ्चालन गर्ने, शिक्षा व्षवस्थापन सूचना प्रणाली लागु गर्ने, केन्द्रीकृत भर्ना प्रणाली सञ्चालनमा ल्याउने तथा बायोमेट्रीक हाजिरी तथा सिसिटिभी क्यामेराहरुको उपयोग गरिएको छ ।  साथै शिक्षकहरु तथा अन्य कार्यलयका कर्ताहरुलाई घरैबाट काम गर्ने अवसर (work from home) प्रदान गरिएको छ।

डिजिटल नेपाल उर्जा क्षेत्रका डिजिटल पहलले मूल्य घटाउनमात्र नभई उर्जा नेटवर्कलाई समेत बलियो बनाएको र उर्जाका पूर्वाधार सिर्जना गरेको छ । उर्जा क्षेत्रमा प्रयोग गरिने स्मार्ट समाधानहरुमा इन्टरनेट कनेक्भिटीको महत्वपूर्ण योगदानका अतिरिक्त ग्राहक केन्द्रित समाधान, स्मार्ट ट्रान्समिसन  तथा वितरण नेर्टवर्कहरु राखिएका छन् ।

विधुत वितरणमा स्मार्ट मिटर प्रणाली तथा नोलाईट र विधुतीय चुहावटमा कमी आउने तथा विवरण व्यवस्थापनका लागि जीआइएस स्मार्ट ग्रिड प्रणाली अवलम्बन गरिएको छ । नेपालभरका प्राधिकरण जुनसुकै शाखाबाट बिद्युत महशुल भुक्तान गर्न ग्राहकलाई सहज भएको छ । सुचना तथा सेवा लिन – दिन सहजिकरणका लागि नेपाल विधुत प्राधिकरणको आधिकारिक मोबाइल एप (Cutting edge) सञ्चालनमा आएको छ । स्मार्ट भवन, प्राधिकरणको फिल्ड फोर्स अटोमेसन समाधानहरुको सञ्चालन, इ–सिकाइ प्लेटफर्म सञ्चालन तथा उर्जा–सम्झौता व्यवस्थापन प्रणाली कार्यन्वयन गरिएको छ ।

मेरो कल्पनाको डिजिटल नेपापलले विश्वभर पर्यटन क्षेत्रको प्रचार गरेर आगन्तुकहरुलाई देशमा आकर्षित गर्दै स्वयंम नेपालीका लागि पनि रोजगारीको अवसरहरु सिर्जना गरेको छ । ओम्नी च्यानल मार्केटिङ सोलुसन्स, इ–कमर्स र अगमेन्टेड रियालिटी जस्ता नविनतम प्रविधिको प्रयोगद्धारा पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको निर्माण तथा रमाइला पर्यटन अनुभवहरु प्रदान गरिएका छन् । वेलकम नेपाल वेबसाइटलाई सञ्चालन, इ–भिसा र आगमन प्रक्रियामा सुधार, तथा बहुभाषिक हेल्पलाइन प्रणाली सञ्चालन गरिएको छ ।

इ–पथ पदर्शक प्रणाली सञ्चालनमा ल्याइएको छ । साथै पर्यटन सुरक्षाको लागि पूर्वाधारको निर्माण गरिएको छ । नेपाली संस्कृतिको जगेर्ना गर्नका निम्ति डिजिटल प्रविधिको प्रयोग गरिएको छ, जँहा हरेक समुदायले आफ्नो कला तथा संस्कृतिको प्रचार प्रसार देशी  र विदेशी  पर्यटकहरु लाई गरेका  छन् ।

डिजिटल नेपालले वित्तिय क्षेत्रलाई प्रोत्साहित गर्न डिजिटल प्रविधि तथा टेलिकमका पूर्वाधारबाट लाभ लिदै सबै जनतालाई बैंक सञ्जालमा आवद्ध गराएको छ । वित्तीय मध्यस्थता र वित्तीय लागत कम गर्नका लागी बैंकमा आवद्ध ४५ प्रतिशत जनतालाई फिन्टेकको प्रयोगबाट ९९.१ प्रतिशतमा पुर्याएको छ ।

वित्तीय प्रणालीलाई पारदर्शी र जवाफदेही बनाइएको र कर प्रणाली र कर प्रणालीलाई लागत कम गरी स्वेच्छिक कर सहभागिता प्रवर्द्धन र राष्ट्रिय राजश्वको संरक्षण गरिएको छ । राष्ट्रिय भुक्तानी गेटवेको स्थापना तथा क्रेडिट रेटिङको सञ्चालन गरिएको छ । प्रभु पे, खल्तीजस्ता मोबाइल वालेट सेवा प्रदान गरिएको छ जसबाट सेवा लिनेलाई विशेष छुटको सुविधा दिएर  डिजिटल भुक्तानीलाई प्रोत्साहन गरिएको छ । इ–कमर्स  तथा सूचना प्रविधिमा आधारित सेवाको विकास गरिएको छ । यसका साथै मैले कल्पना गरेको मेरो डिजिटल नेपालमा व्यापार तथा उधोग प्रवर्द्धनका लागि एकद्धार सेवा वितरण गरिएको छ । \"\"

मेरो परिकल्पनाको डिजिटल नेपालमा जल व्यवस्थापन फोहोर मैला व्यवस्थापन, सार्वजनिक यातयात र ट्राफिक व्यवस्थापन जस्ता शहरी पुर्वाधारका आवश्यक सेवामा डिजिटल माध्यमबाट स्वास्थ्य सुधार ल्याइएको छ । नेपालका शहरी जनजिवनको गुणस्तर सुधारका लागी नविनतम प्रविधिहरुबाट अधिकतम फाइदा लिएको छ । पानीका लागि स्मार्ट मिटरिङ तथा वाटर एटिएमहरुको व्यवस्था गरिएको छ । इन्टेलिजेन्ट फोहोरमैला व्यवस्थापन र स्वचालित फोहोरमैला बर्गिकरण गर्ने गरिएको छ । संयुक्त सार्वजनिक यातयात मोबाइल एपको प्रयोग, इन्टेलिजेन्ट ट्राफिक व्यवस्थापन तथा एन्टेलिजेन्ट पार्किङ स्थलको व्यवस्थापन गरिएको छ । विपद पुर्वानुमान, पुर्व तयारी, प्रतिकार्य तथा पुन निर्माणका लागी राष्ट्रिय विपद व्यवस्थापन प्रणालीमा सुधार ल्याइएको छ साथै विपद व्यवस्थापनका लागि इ–तालिमको व्यवस्था गरिएको छ ।

खेलाडी, कवि, कलाकार, दार्शनिक व्यक्ति तथा अन्य कलाको क्षेत्रमा संलग्न नागरिकले सामाजिक सञ्जालमा कला प्रदर्शन गरेर कलाको महत्व बढाएका छन् । विभिन्न डिजिटल संघसंस्थाले आफ्नो वेबसाइट मार्फत देशभित्र लुकेका कलाकृतिलाई सम्मान गरेका छन् । यही नै हो मेरो समृद्ध नेपाल, मेरो परिकल्पनाको डिजटल नेपाल ।

अहिलेको समयमा नेपालमा डिजिटल प्रविधिको न्यूनतम प्रयोग भएता पनि नेपालको अवस्था मेरो परिकल्पना भन्दा ठीक विपरित छ । ‘स्मार्ट’ सवारीको कर बुझाउन होस् या सवारी चालक अनुमतीपत्र लिन पटक–पटकसम्म घण्टौ लहरमा लागेर टेबल–टेबल चहार्नुपर्छ ।

घरबाटै मोबाइल या कम्प्युटर प्रयोग गरेरै गर्न सकिने कामका लागि प्रशस्त समय फालिरहेका छौ । यस्तो अवस्था नागरिकका लागि मात्र नभइ राज्यकै लागि पनि बोझको विषय हो । अब हाम्रो परिकल्पना डिजिटल दुनियाको भएकाले सबै काम प्रविधि मैत्री, भरपर्दो, सुरक्षित र व्यवस्थित गर्नका लागि हामी सबै नेपाली नागरिकले सरकारलाई सहयोग गर्नै पर्छ ।

सबैभन्दा पहिले हामीले डिजिटल सरकार बनाउने रणनीति तयार गर्नुपर्छ । सरकारले डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गरेको वर्षदिन नाघिसक्यो । यो मार्गचित्रले सूचना तथा संचारप्रविधिको अधिकतम प्रयोग गरी ऊर्जा, पर्यटन, वित्तीय सेवा, कनेक्टिभिटी, शहरी पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषिमा नयाँ आयामको विकास गर्ने र त्यहींबाट सुदृढ तथा सबल अर्थतन्त्रको लक्ष्य हासिल गर्ने योजना बनाइएको छ ।

समग्रमा देशको सर्वाङगीण विकासका निम्ति, डिजिटल नेपाल आजको प्रमुख आवश्यकता बनेको छ र त्यस आवश्यकतालाई सरकारले इ–गभर्नेन्स र जनताले प्रविधिको सदुपयोग गर्नाले पुरा गर्न सकिन्छ । अनि बल्ल बन्नेछ मेरो डिजिटल नेपाल मेरो परिकल्पनाको ।

(नेहा गिरी, सेन्ट जेभियर्स कलेज, काठमाडौं, माईतीघर कक्षा १२ मा अध्ययनरत छिन् । उनले लेखेको यो निबन्ध ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगितामा प्रथम भएको थियो ।)