सोमबार, १ कार्तिक, २०७८
Monday, 18 October, 2021

हामी डिजिटल क्रान्तिको यस्तो ठाउँमा छौं, जसले परिवर्तन होइन रूपान्तरण ल्याउन सक्छ

डिजिटल नेपाल फ्रेमवर्क तयार गर्नमा मैले पनि योगदान गरेको छु । मलाई सुन्दै जाँदा के लाग्यो भने युवाहरूलाई सहभागी गराउने कुरा हामीले शुरू मै गर्नुपर्ने रहेछ । कार्यक्रम डिजाइन गर्दा गर्नुपर्ने रहेछ ।

धेरै कुरा त्यताबाट पनि आउथ्यो जस्तो कुरा मलाई लागिरहेको छ । यसले धेरै कुरा क्याप्चर गरेको छ । फ्रेमवर्क कम्प्रिहेन्सिभ छ  । 

आईटी र डिजिटलको वरिपरि रहेर यहाँहरूको जुन न्यारेसनको तरिका छ, भन्ने तरिका छ, जसरी स्टोरी बनाउनु भएको छ त्यो साच्चिकै प्रशंसनीय छ । 

मैले करियर शुरू गर्दा सूचना प्रविधि पनि थिएन, खास कम्प्युटर साइन्स भन्थ्यौं । त्यसपछि आइटी र आइसिटी भनियो । अहिले डिजिटल भन्न थालेका छौं । सबै आयामलाई छुने गरी प्रविधि अगाडि बढेको छ ।

आइटी र आईसिटीले पनि त्यसको एसेन्स पुरा गर्न सकेन । अहिले इन्टरनेट अफ थिंगस, आर्टिफिसियल इन्टेलिजेन्स लगायतका नयाँ नयाँ प्रविधिहरू आइरहेका छन् । 

हामीहरूको कुराकानीमा कहिले पनि डेटा एनालाइसिस, इभिडेन्स लगायतका कुरा आउदैन्थ्यो । जतिबेला हामीहरूले आइटीका कुरा गर्थ्यौं, अटोमेसनका कुरा गर्थ्यौं त्यो समिकरणबाट डेटा सधै मिसिङ थियो ।

अहिले शक्तिशाली एनालाइटिकल टुलहरू छन्, क्लाउड कम्प्युटिङका टुलहरू छन् । हामीहरू डिजिटल क्रान्तिको यस्तो ठाउँमा छौं, जसले परिवर्तन होइन रूपान्तरण ल्याउन सक्छ ।

रूपान्तरण भन्दा त्यो महत्वकांक्षा लक्ष्य भयो । त्यहाँ कसरी पुग्ने भन्दा यहाँहरूको जुन प्रस्तुती थियो, निवन्ध थियो, न्यारेसन थियो । त्यसले बढी एसेन्स क्याप्चर गरेको जस्तो लाग्यो मलाई ।  

त्यहाँ तपाईले हामीहरूको दैनिक कसरी प्रविधिले छुन्छ भनेर खोजिरहनु भएको थियो । हो परिवर्तन भनेको त्यतिबेला सम्भव छ जतिबेला हाम्रो दैनिकीलाई छुन्छ । डिजिटल र आइसिटी भन्दा उत्साह हुने ठाउँ छ तर डाउन साइडहरू देखिदै छ । डिभाइसहहरू र प्लेफर्महरूको लत पनि देखिदै छ ।

जुन किसिमको सपना त्यसमा देखिएको थियो । त्यो बाट जुन किसिमको फाइदा लिन्छौं, त्यो हुँदैन् होला की भन्ने पनि छ । त्यसकारण कन्जमसनलाई पनि मोडरेट गर्नुपर्ने कुरा छ । 

मैले नीति निर्माणमा पनि धेरै योगदान गरे, काम गरे । हामी कहाँ जाने भन्ने कुरा हामी स्पड्ट छौं तर कार्यान्वयनमा हाम्रो सधै समस्या देखिन्छ । यो फ्रेमवर्क एकदमै महत्वकांक्षा छ । यसमा कुनै डाउन नलिउ । सोच्दैमा हुनेवाला छैन् ।

यसमा शुरूदेखि नै हामी कुन किसिमको कार्यान्यवन मोडालिटीमा जान्छौं त्यो जरूरी छ । फ्रेमवर्क सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मात्रै एजेन्डा भयो भने हामी अगाडि बढ्न सक्दैनौं । यो सबैको समावेशी एजेन्डा हो । यसको प्रकृति पनि त्यस्तै छ । यो त्यसो नगरी अगाडि बढ्दैन् । 

सरकारले काम गर्न सहज वातावरण बनाइदिने हो । त्यहाँ हामीले फाउन्डेसनल एक्टिभिटीज राखेका छौं । तपाईले वरिपरिका देश हेर्नुभयो भने विशेष गरी सिंगापुर र भारत ।

सिंगापुर र भारत दुइवटा देश हेर्नुभयो भने त्यहाँको सरकारले अहिले धेरै कुरा गरिरहेको छैन् । उनीहरूको डिजिटल इन्डिया फ्रेमर्क हेनुहोस् वा सिंगापुर टेक्नोलोजी स्ट्याक हेर्नुहोस् । उनीहरूको ५-६ वटा मुख्य कुरा गरिरहेका छन् । उनीहरूले आइटी ग्रो गर्नलाई इकोसिस्टम बनाइ दिएका छन् । 

डिजिटल प्रदेशको अवधारणामा मैले प्रदेश नम्बर १ मा पनि काम गर्दै छु । त्यसलाई मूर्त रूप दिन हामी एउटा फ्रेमवर्कमा काम गर्दै छौं । म पहिला गण्डकी प्रदेशमा पनि गए ।

मैले के देख्छु भने इन्टेनसन छ तर त्यही भित्र क्यापाबिलिटी छैन्, त्यही भित्र अरू छैन् । संघीय सरकारले के गर्दिन सक्छ, जसले गर्दा स्थानीय तहहरू कसरी डिजिटल नेपालको यात्रामा प्रभावकारी रूपमा जान सक्छन् ।

डिजिटल फाउन्डेसनमा त्यो कुरा इंगित गर्न पनि खोजिएको छ । र अरू अरू क्रियाकलाप पनि छ । यसलाई हामी लिभिङ प्रोसेस भन्छौं । फ्रेमवर्कलाई शुरूमा के भन्ने द्विधामा थियौं । पछि हामीले फ्रेमवर्क भन्यौं ।

यो एउटा जीवन्त प्रक्रिया हो । प्रविधिको कुरा गर्दा यति धेरै परिवर्तनहरु भइरहेका छन् यति धेरै सम्भावना ढोका खोलिदै छन् । सम्भव छैन्, एउटा सिटीमा, दुइटा सिटीमा, ३ महिनामा, ५ महिनामा प्रविधिले कति फड्को मार्ला र हामीहरूको जीन्दगीको, राजननीती र अर्थतन्त्रको आयामलाई छोला भनेर हामीले तुरून्तै अनुमान गर्न गाह्रो छ । 

हामीले शुरूमै डिजिटल शिक्षा अनिवार्य गर्नुपर्थ्यो । त्यो अहिले महामारीले ल्याइदिएको छ । डिजिटल्ली एजुकेसनमा फन्डामेन्टल ट्रान्सफर्मेसन हुन सक्थ्यो । भर्चुअल कक्षा लिन मात्रै कुरा पनि होइन ।

इतिहासमा नलेजको रिसोर्समा यो स्तरको पहुँच कहिले पनि थिएन् । डिजिटल भनेको नलेजको टुल पनि हो । किन्डल कतिले प्रयोग गर्नुहुन्छ । त्यसमा कुनै शब्दमा कन्फ्युज हुनु भयो भने डिस्नेरी हेर्न सक्नुहुन्छ ।

शुरूमै हामीले युवालाई सहभागी गराएको भए बढ्ता कार्यान्वयन हुन्थ्यो । र अब आउने पुस्ताले बढ्दा रिलेट गर्न सक्थ्यो भन्ने मलाई लाग्छ । चिन्ता गर्नुपर्दैन् । फ्रेमवर्क कम्प्रिहेन्सिभ छ । लिभिङ डकुमेन्ट हो । त्यसमा हामीहरू धेरै कुरा पनि गर्दै जान सक्छौं । 

भिडियो

(गत साउन २९ गते शुक्रबार सोल्टी होटेलमा आयोजना भएको मेरो डिजिटल नेपाल मेरो परिकल्पना प्रतियोगिताको ग्राण्ड फिनालेमा सञ्चार तथा सूचना प्रविधि (आइसिटी) विज्ञ मनोहर भट्टराईले व्यक्त गर्नुभएको विचारको सम्पादित अंश) 

 

सम्बन्धित समाचार